२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुरमा संचालित महायज्ञकाे छैठाैँदिनसम्म पौने तीन करोड संकलन

तुलसीपुर, १८ माघ । मानव सेवा आश्रमको भवन निर्माणार्थ दाङको तुलसीपुरमा संचालित श्रीमदभागवत् ज्ञान महायज्ञमा अहिलेसम्म पौन तीन करोड बढी आर्थिक संकलन भएको छ । तुलसीपुरको अरनीको मैदानमा जारी महायज्ञको छैठौ दिन आज तुलसीपुरका उद्योगपति डिल्लीबहादुर बस्नेतले ५ लाख ५ हजार ५ सय ५५ रुपैया, व्यवसायी उत्तमकुमार श्रेष्ठले ५ लाख ५ हजार ५ सय ५५ रुपैया नगद र आगामी आर्थिक बर्ष देखि प्रत्येक बर्ष बार्षिक ६० हजार रुपैया मानव सेवा आश्रमलाई प्रदान गर्ने घोषणा गर्नु भएको छ । तुलसी व्यापार सेवाका बलदेव शर्माले २ लाख ५५ हजार ५ सय ५५ रुपैया, व्यापारी चिरिञ्जीबि रिजालले १ लाख २९ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गर्नुभएको छ ।
संस्थागत प्रतिबद्धतामा सबैभन्दा बढि अहिले सम्म लायन्स क्लवले १ करोड २३ लाख सहयोग गर्ने प्रतिबद्धता दिइएको छ । यस अघि तुलसीपुर उपहानगरपालिका वडा नम्वर ६ निबासी हरिबहादुर खड्काले , ५ लाख ५ हजार ५ सय ५५ रुपैया प्रदान गरि सक्नुभएको छ । छैठौ दिनसम्म महायज्ञमा दान गर्दै आएका सयौ दानदातामध्य हालसम्म अग्रपंंक्तिमा व्यापारीहरु बस्नेत, श्रेष्ठ र खडका परिवार रहेका छन् । ५ करोड आर्थिक संकलन गर्ने उद्देश्यले मावन सेवा आश्रम तुलसीपुरको आयोजनामा माघ १३ गतेदेखि संचालन भएको महायज्ञ २० गते सम्म संचालन हुने छ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।