२०८३ कार्तिक ११ गते बुधवार

मावन सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता

तुलसीपुर, १३ माघ । मावन सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन तुलसीपुरमा आजदेखि श्रीमत भागभव ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको उद्घाटन समारोलाई सक्वोधन गर्ने बक्ताहरुले निर्माण हुने भवनका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उद्घाटन सकारोहका प्रमुख अतिथि समेत रहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री बहादुर चौधरीले मानवता प्रर्वद्धन अभियानलाई सफल बनाउन लुम्बिनी प्रदेशले सोही अनुसार वजेट विनीयोजन गरेको बताउनुभयो । तर उहाँले कति रकम विनीयोजन गरिएको छ भन्ने कुरा भने खुलाउनु भएन । उहाँले सातवटै प्रदेशमा मानव सेवा आश्रमको भवन निर्माण हुने बताउनु भएको छ ।

सातै प्रदेशका मुख्यमन्त्रीको भेलामा मावन सेवा आश्रमको भवन निर्माणको विषयमा छलफल भएको उहाँले जानकारी गराउनुभयो । महायज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले मानव सेवा आश्रमको अभियानले सबैलाई एक ठाउँमा ल्याएको बताउनुभयो । सरकारले गर्नुपर्ने कामलाई मानव सेवा आश्रमले सुरु गरी सरकार–सरकाविचको पुलको काम गरेको प्रति धन्यवाद व्यक्त गर्नुभयो । अब प्रदेश सरकारले आश्रमको भवन निर्माणका लागि बजेटको कमि हुन नदिने समेत बताउनुभयो । अरबौँको लगानीमा आश्रमलाई अगाडी बढाइने भन्दै मावनता भन्दा ठुलो धर्म अरु नहुने कुरालाई महायज्ञको उपस्थितीले प्रमाणित गरेको उहाँले बताउनुभयो ।

मानव सेवा आश्रम यस क्षेत्रको प्रमुख आवश्यता रहेको भन्दै यसको निर्माणमा स्थानीय सरकार र प्रदेश सरकारले कुनैपनि कमी नगर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले भवन निर्माणमा ५ लाख रुपैयाँ सहयोग गर्ने बताउनुभयो । महायज्ञले हरेक व्यक्तिमा मानवता फर्काउने उल्लेख गर्नुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले मानीवय सेवा गर्ने अवसर भएको भन्दै पालिकाको तर्फबाट ५ कोठा भवन निर्माणका लागि करीव २६ लाख रुपैयाँ बजेट विनियोज गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नरगप्रमुख घनश्याम पाण्डेले द्रव्य संकलन मात्र नभई संकल्प समेत गर्नुपर्ने बतानुभयो । भवन निर्माणाथीका लागि तीनै तहका सरकारलाई खबरदारी गर्ने उहाँको भनाइ थियो ।

तुलसीपुरमा मानव सेवा आश्रम निर्माण गर्नु नै गौरबको योजना रहेको भन्दै हरेक क्षेत्र, समुदायले सक्दो सहयोग गर्न आग्रह गरेका छन् । जनप्रतिनीधि र कर्मचारीले आफ्नो एकदिनको पारिश्रमिकको रकम आश्रमलाई सहयोग गर्नुपर्ने बताउनुभयो। आर्थिक सहयोग संकलनको रणनीति अनुसार तुलसीपुर क्षेत्रमा बसोबास गर्ने १ लाख ७९ हजार व्यक्तिबाट न्युनतम १ सय रुपैयाँ सहयोग भएमा डेढ करोड रुपैयाँ सहयोग संकलन हुने बताएका थिए । दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले मानव सेवा आश्रमको भवन निर्माणमा एउटा कोठा बराबारको ५ लाख रुपैयाँ उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले एउटा कोठामा लाग्ने ५ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्ययक्ष राम प्रसाद चालिसे मन्दिर बनाउन लागेको प्रति गर्व गर्न लायक काम भएकाले सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो ।

सरकारले गर्ने काम मावन सेवा आश्रमले गरिरहेको काममा महान कार्य हो भन्ने भावनाले सक्दो सहयोग गर्न आग्रह गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मुल आयोजक समितिका सँयोजक डिल्ली बहादुर बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले महायज्ञ सञ्चालनको उदेश्यको बारेमा जानकारी गराएका थिए ।

मुल आयोजक समितिका सहसंयोजक श्रवण कुमार आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मुल आयोजक समितिका सदस्य सचिव बुद्धप्रकाश सिंहले गरेका थिए । महायज्ञ उद्घाटन पूर्व कलश÷शोभा यात्रा निकालिएको थियो। उक्त यात्रा तुलसीपुरको नयाँ बसपार्क देखि सुरु भएको थियो । सो अवसरमा १ सय ५३ बढी विभिन्न धर्म, जातजाती, संस्कृति र पहिचान झल्कने झाँकी प्रर्दशन गरिएको थियो । झाँकी ¥यालीमा हजारौँको उत्साहजन सहभागिता रहेको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ बनहरीमा दुइवर्ष भित्र मावन स्मारक निर्माण सम्पन्न गर्ने उदेश्य सहित शनिवार देखि तुलसीपुरको अरनीको मैदानमा महायज्ञ सुरु भएको छ । महायज्ञबाट ५ करोड आर्थिक संकलनको उदेश्य राखिएको छ । महायज्ञ माघ २० गतेसम्म सञ्चालन हुने छ ।महायज्ञमा कथा वाचन भागवत भाष्कर कमलनयन गौतमले गर्नेहुनु भएको छ । कथावाचन प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।