२०८३ कार्तिक १३ गते शुक्रवार

रोल्पाका एक किशाेरको रुकुममा धारिलो हतियार प्रहार गरि हत्या

तुलसीपुर, ७ माघ । रोल्पाका एक किशोरको रुकुम पश्चिममा धारिलो हतियार प्रहार गरि हत्या भएको छ ।रोल्पाको परिवर्तन गाउँपालिकाका १४ वर्षीय निर्मल डाँगीलाई रुकुमको मुसिकोट नगरपालिका ११ काफलडाँडाका ३२ वर्षीय चन्द्रबहादुर पुनले धारिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

यस्तै धारिलो हतियार प्रहारबाट मुसीकोट नगरपालिका ११ का सुकलाल पुन समेत घाइते भएको प्रहरीले जनाएको छ । निर्मल सुतिरहेको कोठामै गएर पुनले खुकुरी प्रहार गरि हत्या गरेको खुलेको छ । उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।