२०८३ कार्तिक १३ गते शुक्रवार

दाङमा चक्कु प्रहारबाट एक वृद्ध गम्भीर घाइते

तुलसीपुर, ७ माघ । दाङमा चक्कु प्रहारबाट एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको बबई गाउँपालिका २ का ६५ वर्षीय टीका खत्री रहेका छन्। उनीमाथि ६० वर्षीय पर्शाराम खत्रीले चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो। गएराति १० बजेतिर बाटोमा हिँडिरहेका टीकालाई पर्शारामले बाँया कोखामा चक्कु प्रहार गरेर फरार भएको डिएसपी पोखरेलले बताउनुभयो।

चक्कु प्रहारबाट घाइते भएका टीकालाई राति ११ बजे तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो। यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि राति नै बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रिफर गरिएको थियो। चक्कु प्रहार गरी फरार रहेका पर्शारामलाई आज बिहान मात्रै इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ। डिएसपी पोखरेलका अनुसार पुरानो रिसिबीका कारण पर्शारामले टीकामाथि चक्कु प्रहार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।यसबारे थप अनुसन्धान भइरहेको डिएसी पोखरेलले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।