२०८३ कार्तिक ११ गते बुधवार

कृषि प्रबर्द्धनका लागि महोत्सवले टेवा पु¥याउने

लमही ६ माघ । दाङको लमहीमाब शुक्रबार देखि १७ गतेसम्म ‘दोस्रो देउखुरी कृषि, पर्यटन, उद्योग तथा व्यापारीक महोत्सव २०८०’ सुरु भएको छ ।सो महोत्सवको दाङ चेम्बर अफ कमर्स दाङका अध्यक्ष बिकास अग्रवालले उद्द्घाटन गर्नुभएको छ ।

उदघाटन गर्दै अग्रवालले देउखुरीको मुटु लुम्बिनी प्रदेश राजधानी रहेको क्षेत्र लमही ब्यापार उद्योग देखि कृषिका पर्बल सम्भावना रहेकोले यसको प्रबर्द्धनका लागि महोत्सवले टेवा पुराउने बताउनुभयो ।पछिल्लो समयमा बढ्दो बिदेश युवा पलायन रोक्न रोजगार बढाउन कृषि र उधोग बढाउन आबश्य रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २ लाख युवालाई रोजगार दिने गरि प्रदेश सरकारले कार्यक्रम ल्याएकोमा प्रशंसा गर्दै कार्यान्यनको माग गर्नुभयो ।

अहिले ब्यापारमा तरलता छ, अर्को बैंकमा पैसा थुप्रो लागेको अबस्था छ।बैंकहरुको चर्को ब्यजदर र अनेक बहाना दुख्ख दिने काम भएको छ, बैंक आतंक बन्द गरि सुलभ कर्जा पाए फेरि आर्थिक चलमायन हुन्छ, उहाँले भन्नुभयो । महोत्सवले देउखुरीमा उत्पादन भएका रैथाने कृषि उत्पादन ,यहाँका धार्मिक तथा पर्यटकिय ,थारु कल्चर प्रचारप्रसारमा सहयोग पुग्ने बताउनुभयो ।कार्यक्रममा सहभागी राजनीति दल, संघ सस्थाहरुका प्रतिनिधिहरुको बाक्लो सहभागीता रहेकोथियो । विभिन्न भेष भुषा सहित झाकी रनिकालिएको थियो ।देउखुरी कृषि, पर्यटन, उद्योग तथा ब्यापारिक महोत्सव लमही नगरपालिका वडा नम्बर ५ मा अबस्थित जैविक बिबिधता ग्रीन पार्क परिसरमा संचालन भएको छ ।

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।