२०८३ कार्तिक १३ गते शुक्रवार

तुलसीपुरमा एकजना मृत अवस्थामा फेला

तुलसीपुर, ४ माघ ।  दाङको तुलसीपुरमा एकजना मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर १६ डोग्रेनाका ५० वर्षीय आशाराम चौधरी आज दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । उनी तुलसीपुर १० टरिगाउँ स्थित तरुण सामुदायीक वनमा रुखमा गल्बन्दीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

बाख्रा चराउन गएका स्थानियले रुखमा झुन्डिएको अवस्थामा देखेपछी प्रहरीलाइ खबर गरेका थिए । अहिले मृतकको शव पाष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।