काठमाडौ, ४ माघ । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुस लिएको आरोपमा पक्राउ परेका छन् । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
बादेलाई आयोगको टोलीले गएराति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो । बादेसहित उनका कार चालक पदमबहादुर प्रधान, स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कारसमेत नियन्त्रणमा लिइएको छ । बादे नेपाली काँग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।