तुलसीपुर, ३ माघ । दाङको तुलसीपुरमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । गएराति तुलसीपुर उपमहानगरपालिका १० र १७ मा छुट्टाछुट्टै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका १० पड्ढामा गएराति १० बजेको समयमा नंबर नखुलेको मोटरसाइकलले ठक्कर दिदा सोही ठाउँका ५९ बर्षिय हाउले चौधरी घाएते भएका थिए । घाइते चौधरीलाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा उपचार सम्भव नभए पछि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिने मोटरसाइकलको नंबर खुल्न नसकेको र खोजी जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सुचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिनुभयो । ‘पारिवारिक स्रोतका अनुसार चौधरीलाई मोटरसाइकलले ठक्कर दिएको भन्ने आएको छ’ उहाँले भन्नुभयो– ‘तर मोटरसाइकलको ठक्करबाट वा अन्य कारणले ज्यान गएको भन्ने पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुने छ ।’ सुचना अधिकारी नवचन्द्र मल्लका अनुसार उक्त बाटोमा मोटरसाइकल गएको हो की होइन भनेर एकीन गर्नका लागि सिसिक्यामराको फुटेज हेर्ने तयारी रहेको जानकारी दिनुभयो । रातीको समय भएकाले मोटरसाइकललाई पत्ता लगाउन कठिनाई भएको खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो ।
यस्तै तुलसीपुर उपमहानगरपालिका १७ का २४ वर्षिय सबिन चौधरीको पनि गएराती ज्यान गएको छ । विजौरीदेखि डुरुवा सडकखण्डमा आफैले चलाएको रा ५ प ९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा घाइते भएका सविनको उपचारका क्रममा साढे १२ बजे ज्यान गएको उहाँले जानकारी दिनुभयो ।।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।