काठमाडौ, २ माघ । आज बिहान एउटा गाडी त्रिशुली नदीमा खसेको सूचनापछि परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट गाडी खसेको सूचना प्रहरीले पाएको थियो । त्यस लगत्तै गोताखोरको टोली परिचालन भएको थियो ।
खोजी गर्ने क्रममा भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परे पनि मानिस भने नभेटिएको प्रहरीले जनाएको छ । उक्त गाडीलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ भने खोजी कार्य जारी रहेको छ ।
प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।