२०८३ कार्तिक १३ गते शुक्रवार

तुलसीपुरमा जिप दुर्घटना हुदा १० जना घाइते

तुलसीपुर, २ माघ ।  दाङको तुलसीपुरमा यात्रुबहाक जिप दुर्घटना हुदा १० जना घाइते भएका छन् । घाइते हुनेमा जिप चालक दाङको शान्तिनगर गाउँपालिका ६ निवासी २२ वर्षिय सन्दिप खड्का, जिपमा सवार शान्तिनगर – ५ निवासी १८ वर्षिय समिर चौधरी, २४ वर्षिय शंकर रावत, शान्तिनगर ६ का २२ वर्षीय कृष्ण चौधरी, सोही ठाउँका २३ वर्षिय किरण चौधरी, १९ वर्षिय समिर चौधरी, २८ वर्षिय सरद जैशी, रोल्पाको गंगादेव गाउँपालिका ६ का २२ वर्षिय चुडामणी ओली, सल्यानको शारदा नगरपालिका ८ का २१ वर्षीय निमलाल सेजुवाल र तुलसीपुर ५ का ३२ वर्षीय अर्जुन शाही रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

शाहीको टाउकोमा चोट लागेकाले अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार बाँकेको बैझापुरबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ७०५ नम्बरको जिप तुलसीपुर–अमिलिया सडकखण्ड अन्तर्गत तुलसीपुर ११ को उरहरीमा आज मंगलबार बिहान दुर्घटनामा परेको हो । घाईतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।