२०८३ कार्तिक ११ गते बुधवार

माघीको मुख्य दिन आज थारु समुदायले धुमधामका साथ मनाउँदै

तुलसीपुर, १ माघ । थारु समुदायको नयाँ वर्ष अर्थात महान् पर्व माघीको मुख्य दिन आज धुमधामका साथ मनाइदै छ । थारु समुदायमा यो पर्वलाई विशेष गरी ५ दिनसम्म आफ्नै परम्परा अनुसार धुमधामका साथ मनाउने गरिन्छ । थारु समुदायका नागरिकले महान चाड माघीलाई एउटा पर्व मात्र नभई नयाँ वर्ष, योजना निर्माण गर्ने दिन, बर्षभरिको समीक्षा र मुक्ति दिवसको रुपमा समेत मनाउने गर्दछन् । दाङ लगायत पश्चिम नेपालका बाँके, बर्दिया,कैलाली, कञ्चनपुर, सुर्खेत लगायतका थारु बस्तीमा माघीको रौनक बढेको छ । कामको शिलशिलामा घरबाट टाढा गएका दाजुभाइहरु पर्व मनाउनका लागि गाउँघरमा फर्केका छन् । यस्तै थारुबस्तीमा माघौटा नाच, सखिया नाच, ढमारलगायत लोक गीतसँगै मादल, कस्तार, झ्यालीको आवाज पनि गाउँघरमा गुन्जिन लागेको छ । आज विहान नजिकको नदि, ताल, पोखरीमा नुहाउने र आ–आफ्नो आफन्तसंग भेटघाट गर्ने, अर्शिवाद लिने र दिने प्रचलन रहेको छ । माघ १ गते नुहाउनाले वर्षभरि गरेका पाप, कुकर्म, वैमनष्यता पखालिने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास समेत रहेको छ । माघ २ गतेको दिनलाई माघ देवानी भनिन्छ । थारु गाउँ–गाउँमा नयाँ नेतृत्वकर्ता एंव भल्मन्सा, महटवा, देशबन्धिया, अघरिया, लगायत चयन गर्ने या अनुमोदन गर्ने थारु बुद्धिजीवीहरुको भनाई छ ।यस्तै परिवारको सबै सदस्यहरु एकजुट भएर वर्ष दिनमा भए गरेका पारिवारिक गतिविधि र अगामी दिनमा कसरी बढ्नेबारे छलफल पनि हुने गर्दछ तर पछिल्लो समय यस्तो चलन हराउँदै गएको छ । नयाँ पुस्ताले चासो नदेखाउने, विज्ञानप्रविधिको विकास, परिवर्तित समय लगायतका कारण र थारुहरुको मौलिक पराम्पराहरु हराउँदै गएको भन्दै थारु अगुवाहरुले भने चिन्ता व्यक्त गरेका छन् ।।

प्रकाशित मिति : २०८० माघ १ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।