२०८३ कार्तिक १३ गते शुक्रवार

दाङमा बस दुर्घटना : मृतक १२ जनाको सनाखत

ड्राइभरले हाम फालेर बस नदीमा खसाए

दाङ,२८ पुुस । दाङको भालुबाङमा गएराति भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा एक महिला सहित १२ जनाको मृत्यु भएको छ । मृतकमध्ये चितवन भरतपुर उपमहानगरपालिका – २५ का ३५ वर्षीय अनिल खड्का, बाँकेको खजुरा गाउँपालिका– ३ सिर्जनशील टोलका २५ वर्षीय सन्जय केसी, बाँकेकै कोहलपुर नगरपालिका–८ का २८ वर्षीय अर्पन थापा र भारतको बहराइज नानपारा बग्लुभौतपुरका ४५ वर्षीय चेतराम सिल्पकारको शनिबार दिउँसो सनाखत भएको जिल्ला प्रहरी दाङका डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । त्यसैगरी बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बनेत, मकवानपुर हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रागिरी नगरपालिका– १५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ वर्षीय मुने, जुम्लाको श्रीढुम्का–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेकै ३० वर्षीय रामवरण हरिजन, रूकुमको साविक गोतामकोट गाविस–९ का २५ वर्षीय दिपक कामी, भारतको विहार पूर्वी चम्पारण मलाइका ६७ वर्षीय योगेन्द्र राम जोगेन्द्र रामको बस दुर्घटनामा परी मृत्यु भएको छ । मृतकहरूको पोष्टमर्टम दाङको लमही अस्पतालमा भइरहेको छ । दिउँसो साढे ३ बजेसम्म पाँच जनाको पोष्टमर्टम सकेर आफन्तले शव बुझेर लगेको डिएसपी मल्लले बताउनुभयो ।

बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति सवा १० बजेतिर राप्ती गाउँपालिकास्थित राप्ती नदी पुलबाट खसेको थियो । घाइते २४ जनामध्ये १३ जनाको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा, बुटवलस्थित चौराहा हस्पिटलमा ८ जना, सिटी अस्पताल बुटवलमा १ जना र दाङको राप्ती पोलिक्लिनिक भालुवाङ र प्रस्तावित अस्पताल भालुबाङमा १ जना घाइतेकोे उपचार भइरहेको छ । बसमा कुल ६ महिला र १८ पुरूष गरी ३७ यात्रु सवार थिए । घाइतेमध्ये अझै पनि ४ जनाको अवस्था गम्भीर रहेको , ११ जनाको अवस्था मध्यम र ९ जना सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ । ड्राइभरले बसबाट हाम फालेर बस नदिमा खसाए 

तीब्रगतिमा रहेको बसलाई चालकले नदिमा खसाएको प्रहरीले जनाएको छ । सल्यानको त्रिवेणी गाउँपालिका–४ का २८ वर्षीय लालबहादुर नेपालीले आफु बसबाट हाम फालेर बस नदिमा खसाएको प्रराम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मल्लले बताउनुभयो । भालुबाङको चेकपोष्टमा समेत गाडी नरोकेर तीब्र गतिमा बस कुदाएका चालक नेपालीले चेकपोष्टमा रहेका सुरक्षाकर्मी समेत नभागेको भए थप क्षेति हुने प्रवक्ता समेत रहनु भएका डिएसपी मल्लले बताउनुभयो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । चालकले भने प्रहरी बयानमा सापटले काम नगरेकाे बताएका छन् ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।