२०८३ कार्तिक १३ गते शुक्रवार

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ जना घाइते

बागलुङ, २८ पौष ।  बागलुङमा जीप दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ भने नौ जना घाइते भएका छन् । दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाण्डौकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटनका लागि छुटेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । जीपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।