२०८३ कार्तिक ११ गते बुधवार

पड्ढा खानेपानी उपभोक्ता समितिको काम तिव्र

तुलसीपुर, ८ पौष । दाङको तुलसीपुर उपमहानगरपालिका १० पड्ढामा रहेको पड्ढा खानेपानी उपभोक्ता समितिको काम तिव्र रुपमा अगाडि बढेको छ । चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशबाट ५० लाख वजेट विनियोजन गरिएपछि २ वर्षदेखि रोकिएको काम फेरी सुरु भएको हो । खानेपानी उपभोक्त समितिको कार्यालय भवन निर्माण, खानेपानी ट्यांकीको सुरक्षाका लागि तारबार गर्ने र ट्रान्सफर्मर जोड्ने काम भइरहेको उपभोक्ता समितिका सदस्य धर्मराज भण्डारीले जानकारी दिनुुभयो । उपभोक्ताको घरमा पानी पु¥याउने गरी चालु आर्थिक वर्षमा परेको बजेटबाट काम भइरहेको उहाँको भनाइ छ । खानेपानीको कामले तीव्रता पाएपछि स्वच्छ खानेपानी पियन पाइने भन्दै स्थानियहरु खुशी समेत भएका छन् । पड्ढाका स्थानियहरु खाने तथा दैनिक प्रयोगका लागि अहिलेसम्म कुवाकै पानीको भरमा छन् । उक्त गाउँको नजिकमा न त खोला छ न नदी नै छ । मुलबाट निस्कने पानीको भरमा रहेका केही स्थानियहरु वजारबाट फिल्टर किनेर लैजान्छन् र फिल्टर गरेर पानी खान्छन् भने अधिका।शले सिधै मुलको पानी खान्छन् । यसले गर्दा उनीहरुको स्वाथ्यमा त समस्या निम्तिन्छ नै गर्मी समयमा कुवाको पानी सुक्दा खानेपानीको समस्या समेत हुने गर्दछ । पड्ढाका करिब ६ सय घरधुरीका नागरिक धाराको पानी पर्खिरहेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका १० पड्ढामा लुम्बिनी प्रदेशको तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलको कार्यकालमा लुम्बिनी प्रदेशबाट चालु आर्थिक वर्ष २०७६÷०७७ मा ८८ लाख बजेट विनियोजन भएपछि २ लाख २५ हजार लिटर क्षमताको पानी ट्यांकी निर्माणको काम भएको थियो । २०७८ सालमा २ सय ८५ घरधुरीबाट १६ लाख रुपैयाँ जनश्रमदानबाट रकम संकलन गरेर घरघरमा पानी पु¥याउने प्रतिवद्धता पड्ढा खानेपानी उपभोक्ता समितिले ग¥यो । तर अझैसम्म नागकिका घरमा धारा पुग्न सकेको छैन । नेपालको संविधानले सुरक्षित खानेपानी र सरसफाइको पहुँचलाई मौलिक हकको रूपमा मान्यता दिएको छ । संविधानको धारा ३५ मा ‘स्वास्थ्य सम्बन्धी हक’ समावेश गरिएको छ । यसको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँचको हक हुनेछ भन्ने वाक्यांश उल्लेख गरिएको छ तर कानुन व्यवहारमा कार्यान्वयन नहुँदा दाङका अधिकांस स्थानका नागरिकहरु स्वच्छ पानी पिउन पाएका छैनन् ।।

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।