२०८३ भाद्र २६ गते शुक्रवार

तुलसिपुर ४ को नवनिर्मित भवनको उद्घाटन

तुलसीपुर, ७ पौष । तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ४ को नवनिर्मित भवनको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । कार्यलयमा आउने सेवाग्राहिको सहजताका लागि वडाको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । वडाका अध्यक्ष तुल्सि थापाको अध्यक्षतामा तथा लुम्विनि प्रदेशका अर्थमन्त्री धनबहादुर मास्किको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले  नवनिर्मित भवनबाट सेवा प्रदान हुँन थालेपछि अव जनताले सहज रुपमा सेवा पाउने बताएका थिए । उनीहरुले जनताले पाउनुपर्ने सुविधा नपाएको बताउदै विकास हुन नसकेको समेत बताएका थिए । उक्त कार्यक्रममा समाजसेवि आमा समुहको तर्फबाट शुभकामना गीत सामुहिक रूपमा गाइएको थियो भने विभिन्न थारु नाचहरु प्रस्तुत गरिएको थियो ।।

 

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।