२०८३ भाद्र २७ गते शनिवार

मेयर खड्काले गरे पुलको शिलान्यास

तुलसीपुर, २१ मंसिर । तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले पुलको शिलान्यास गर्नुभएको छ । टीकरी र चन्द्रगन्ज दुई गाउँलाई जोड्ने गरि चमि खोलामा निर्माण गर्न लागिएको पुलको एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो । पुल निर्माणले दुई गाउँका स्थानीयलाई आवत जावतमा सहज हुने बताउँदै मेयर खड्काले निर्माण कार्यको गुणस्तरीयताका लागि स्थानीयले बेला बेलामा अनुगमन र खबरदारी गर्नुपर्ने बताउनुभयो ।

२ महिना भित्र निर्माण कार्य पुरा गर्नेगरी ५६ लाख लागतमा निर्माण गर्न लागिएको पुलको लम्बाइ १० मिटर र चौडाइ ८ मिटर रहेको तुलसीपुर उपमहानगरपालिका इन्जिनियर पवन योगीले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रम तुलसीपुर उपमहानगरपालिका धर्मराज वलीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।