तुलसीपुर, २१ मंसिर । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्स्पतालको सामाजिक सेवा इकाईमा सबै भन्दा धेरै जेष्ठ नागरिकहरुले सेवा लिने गरेका छन् । दैनिक ४५/५० जना सेवा लिने गरेकोमा जेष्ठ नागरिकहरुको संख्या अग्रपंक्तिमा रहेको सामाजिक सेवा इकाईका इकाई प्रमुख हिमा पौडेलले जानकारी दिनुभयो । दैनिक ३५/४० जना जेष्ठ नागरिक र १० /१२ जना अन्य विरामीले रहेको उहाँको भनाइ छ । कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित नहुन भन्ने उद्देश्यले सुरु गरिएको सेवामा हचुवाको भरमा सिफारिस बनाइदिने भएकाले सेवा दिन समस्या हुने गरेको उहाँले बताउनुभयो । सरकारले तोकेको मापदण्डको आधारमा अस्पतालमा सेवा लिन आउने लक्षित समुहलाई ईकाई मार्फत पुर्ण निशुल्क वा आंशिक छुटमा सेवा दिदै आएको ईकाई प्रमुख पौडेलले बताउनुभयो । उहाँका अनुसार विरामीको अवस्था हेरेर २५ प्रतिशत, ५० प्रतिशत र सय प्रतिशत गरी तीन वटा भागमा विभाजन गरेर सेवा दिने व्यवस्था रहेको छ । आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्ष २०८०/०८१ को कात्तिकसम्म २८ महिनाको अवधिमा १४ हजार ५ सय ६० जनालाई सेवा प्रदान गरिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को ४ महिनामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको सामाजीक सेवा ईकाइबाट लक्षित समुह अन्र्तगतका २ हजार १ सय ७४ जनाले उपचार सेवा लिएको प्रादेशिक अस्पतालका सुचना अधिकारी भूषण सुवेदीले जानकारी दिनुभयो । उक्त इकाई मार्फत १ हजार ९ सय ७३ जना असहाय १६ जना, लैगिंक हिंसा पीडित महिला १, अपाङ्गता ५१, अति गरिब परिवारका १ सय १६, महिला स्वास्थ्य स्वयंम सेविका ९ र अन्य ८ जनालाई सेवा दिइएको छ ।
यस्तै वितेको दुई आर्थिक वर्षमा १२ हजार ३ सय ८६ जनाले सेवा लिएकोमा ९ हजार ५ सय ५४ जना जेष्ठ नागरि रहेका छन् । वितेको आर्थिक वर्ष २०७९/०८० मा ६ हजार ४ सय ९३ जनाले सेवा लिएका थिए भने आर्थिक वर्ष २०७८/०७९ मा ५ हजार ८ सय ९३ जनाले उपचार सेवा लिएको प्रादेशिक अस्पतालका सुचना अधिकारी भूषण सुवेदीले जानकारी दिनुभयो । वितेका आर्थिक वर्षमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक ४ हजार ७ सय ६७ जना, अति गरिब ४ सय ६६, असहाय ५९ जना, विकलाङग १ सय ३८ जना, महिला स्वयम् सेविका ३४ जना, लैंगिक हिंसा पीडित १ र अन्य १० जना गरी ५ हजार ४ सय ७५ जनालाई सेवा दिइएको हो । आर्थिक वर्ष २०७८/०७९ मा ५ हजार ८ सय ९३ जनालाई सेवा दिइएको थियो । जसमा ६० वर्ष माथिका दम तथा ब्रोन्काइटिस विरामी महिला ७ सय ८४ र ५ सय ७० पुरुष गरी १ हजार ३ सय ५४ जना रहेका छन् भने ६० वर्षमुनिका महिला १ सय ७ जना, ६३ पुरुष गरी १ सय ७० जना रहेका छन् । दम तथा ब्रोन्काइटिस विरामहरुको कुल संख्या १ हजार ५ सय २४ रहेको छ । यस्तै २ हजार ५ सय ४६ महिला र १ हजार ८ सय ३ जना गरी ४ हजार ३ सय ४८ जना रहेकामा अति गरिब ६ सय ७३ , असहाय ३५, अक्षम तथा विकलाङग १ सय ४८, जेष्ठ नागरिक ३ हजार ४ सय ३७, महिला स्वयम् सेविका ३४, लैंगिक हिंसा पीडित १० र अन्य १२ जना रहेका छन् । उक्त इकाई मार्फत लक्षित समुह अन्र्तगत अशक्त, बिपन्न, असहाय, ज्येष्ठ नागरिक, लैगिंक हिंसा पीडित महिला, अपाङ्गता, लोपोन्मुख आदिबासी जनजातीहरु, शहिद परिवार, गरिब परिवार, महिला स्वास्थ्य स्वयंम सेविका, वेसहारा तथा आकस्मिक सवारी दुर्घटनामा परेका दम तथा ब्रोन्काइटिस रोग भएका नागरिकहरुलाई सेवा दिने गरिएको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।