२०८३ मङ्सिर १० गते बिहिवार

अतिक्रमित संरचना भत्काउँदै तुलसीपुर उपमहानगर 

तुलसीपुर, २१ मंसिर । तुलसीपुर उपमहानगरपालिकाले  सडकपेटी मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । सडकपेटी र नाला मिचेर बनाएका संरचना हटाउन घरधनीलाई सार्वजनिक रुपमा अनुरोध गरेपनि अटेर गरेपछि आजदेखि संरचना हटाउ सुरु गरिएको उपमहानगरले जनाएको छ ।

उपमहानगरले पहिलो चरणमा ‘ग’ लाइनबाट अतिक्रमित संरचना हटाउन सुरु गरेको यान्त्रिक शाखा प्रमुख केशव डाँगीले जानकारी दिनुभयो । नगर प्रमुख टिकाराम खड्काको निर्देशनमा आजदेखि अतिक्रमित संरचना हटाउन सुरु गरेको बताउँदै विवाद हुने ठाउँमा समन्वय  गरेर काम अगाडि बढाएको संयोजक डाँगीले बताउनुभयो ।

तुलसीपुर बजारका मुख्य पाँचवटा लाइनका विभिन्न स्थानमा घरधनीले सडकपेटी र नाला मिचेर भौतिक संरचना निर्माण गरेकाले त्यो नहटाउँदा सम्म निरन्तर भत्काउने कार्य जारी राख्ने उपमहानगरपालिकाले जनाएको छ ।

भिडियाे हेर्न तल क्लिक गर्नुहाेस

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।