दाङ, १४ मंसिर । दाङमा आत्महत्या गर्ने महिला भन्दा पुरुषहरुको संख्या धेरै रहेको प्रहरीको तथ्याँकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको तथ्यांक अनुसार जिल्लामा आर्थिक वर्ष २०७६÷०७७ देखि चालु आर्थिक वर्षको कात्तिकसम्म ५ सय ९० पुरुष र ४ सय १२ महिला गरी जम्मा १ हजार २ जनाले आत्महत्या गरेका छन् । यो अवधिमा सबै भन्दा धेरै झुण्डिएर आत्महत्या गरेका छन् । ७ सय ८६ जना झुण्डिएर, १ सय ९२ जना विष सेवन गरेर, ९ जना पानीमा तथा भीरबाट हाम फालेर, १ जना आगो लगाएर तथा ८ जना अन्य प्रकृतिबाट आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा १ सय ८० जना झुण्डिएर, ५५ जना विष सेवन गरी १ सय ८ महिला र १ सय ३० पुरुष गरी २ सय ४४ जनाले आत्महत्या गरेका थिए । जसमा कृषि पेशामा आबद्ध ८४ जना, गृहणी ५६, बेरोजगार ४२, बैदेशिक रोजगारका १, चालक सहचालक १, ज्यामी मजदुरी ७, विद्यार्थी २०, शिक्षक ३, राजनिति १ र अन्यमा १७ जना रहेका थिए । आर्थिक वर्ष २०७७÷०७८ मा १ सय ८३ जना झुण्डिएर, ५७ जना विष सेवन गरेर, ३ जना हाम फालेर गरी १ सय १ महिला र १ सय ४४ पुरुष गरी २ सय ४४ जनाले आत्म हत्या गरेका थिए । जसमा कृषि पेशामा आबद्ध १ सय १९ जना, गृहणी ३०, बेरोजगार रहेका व्यक्ति २६, बैदेशिक रोजगारका १, चालक सहचालक १, ज्यामी मजदुरी ३१, विद्यार्थी ३३, व्यापारी ३ जना रहेका थिए । यस्तै २०७८÷०७९ मा १ सय ८२ जना झुण्डिएर, ३३ जना विष सेवन गरेर, ३ जना हाम फालेर गरी ७७ महिला र १ सय ४६ पुरुष गरी २ सय २१ जनाले आत्महत्या गरेका थिए । जसमा १ सय १५ जना कृषक, गृहणी ३३, बेरोजगारी ९ , बैदेशिक रोजगारका १, ज्यामी मजदुरी २२, विद्यार्थी ३४, कर्मचारी १, व्यापारी ३ जना रहेका थिए । यसै गरी आर्थिक वर्ष २०७९÷०८० मा १ सय ८२ झुण्डिएर, ३४ जना विष सेवन गरेर आत्महत्या गरेका छन् भने ४ जना हाम फालेर गरी ९८ महिला र १ सय २२ पुरुष गरी जम्मा २ सय २० जनाले आत्महत्या गरेका थिए । जसमा कृषक १ सय १२ जना, गृहणी ४०, बेरोजगारी १० , बैदेशिक रोजगारका १, ज्यामी मजदुरी १२, विद्यार्थी ४०, कर्मचारी १, व्यापारी ४ जना रहेका थिए भने चालु वर्षको कात्तिक मसान्तसम्म ५९ जना झुण्डिएर, १० जना विष सेवन गरेर र अन्य प्रकृतिबाट १० जना गरी २८ महिला र ५१ पुरुष गरी ७९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । वितेको ४ वर्षको अबधिमा १ सय ४८ जनाले पारिवारिक कलहका कारण आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । यस्तै कृषि पेशामा आवद्ध रहेका ४ सय ३०, गृहणी १ सय ५९, वेरोजगारी ८७, ज्यामी मजदुरी ७२ , विद्यार्थी १ सय २७ जनाले आत्महत्या गरेका थिए । यस्तै १६ वर्ष मुनिका बालबालिका मात्रै ७५ जनाले आत्महत्या गरेका छन् । यो तथ्यांकले पनि जिल्लामा धेरै बालबालिका तथा विद्यार्थीहरुले आत्महत्या गर्ने गरेको देखिएको छ । यसरी आत्महत्या गर्नुको कारण गरिबीले आवेशमा आएर रहेको डिएसपी मल्लले बताउनुभयो । यसैगरी पारिवारिक कलह, आर्थिक व्यवसायिक तनाव, नैराश्यता, बेरोजगार, असफलता लगायत रहेको जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांकले देखाएको छ । यस्ता घटना न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय दाङले सचेतनाका कार्यक्रमहरु निन्तर गरिरहेको उहाँँले बताउनुभयो । यस्तै जिल्ला समन्वय समिति दाङको प्रमुखको संयोजकत्वमा समिति गठन गर्ने गरी छलफल गरिरहेको पनि उहाँको भनाइ छ । जिल्लामा आत्महत्याको अवस्था जटिल देखिएकाले सरोकावाला, समन्वय गरेर अगाडि बढ्ने योजना रहेको बताउनुभयो । परापरामर्श दाता राखेर परामर्श दिनुपर्ने अवस्था देखिएकाले मरापरामर्श दाताका लागि छलफल गरिरहेको बताउनुभयो । यस्तै लक्षित वर्गसम्म सचेतनाका कार्यक्रम संचालन गर्ने योजना रहेको डिएसपी मल्लको भनाइ छ ।
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।