२०८३ साउन ८ गते शुक्रवार

शारीरिक अशक्तहरुको जीवनमा आधारित गीतकार कंडेलको गीत सार्वजनिक

तुलसीपुर, १४ मंसिर । गीतकार मन्जु कडेल ‘साहसी’ को शब्द संगीतमा रहेको ‘रुन मन लाग्छ’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । शारीरिक रुपमा अशक्त व्यक्तिहरुको कथा ब्यथालाई उक्त गीतमा प्रस्तुत गरिएको गीतकार कडेलले जानकारी दिनुभयो । अझै पनि शारिरीक रुपमा अशक्त नागरिकलाई गर्ने दुव्र्यवहार र असहयोग हुने गरेको बताउँदै स्वयम् आफू पनि शारिरीक अशक्त भएकाले आफूलाई पनि भोग्नु परेका कारण उक्त पीडा गीतको माध्यमबाट प्रस्तुत गर्नलाई शारिरीक अशक्तहरुको जीवनमा आधारित गीत लेखेको बताउनुभयो । ५ दिन अघि वजारमा सार्वजनिक भएको गीत आजसम्म ३१ हजारले हेरेको कंडेलले जानकारी दिनुभयो । उहाँको लेखनमा रहेको ४ वटा गीत यो भन्दा पहिले सार्वजनिक भैसकेका छन् । वसन्त रानाले सम्पादन गरेको भिडियोलाई ओम प्रकाश गिरीले छायांकन गर्नु भएको हो । यस गीतमा सुमधुर स्वर भने गायक हेमराज खत्री र भागरथी खत्री धामिले दिनु भएको छ । सनम पुरुष राइको एरेन्जर रहेको उक्त भिडियोमा प्रज्ञा केसी र वसन्त रानाको अभिनय रहेको छ । कंडेलको कथा लेखन तथा निर्देशनमा तयार पारिएको भिडियोलाई ‘रेडियो टिभी नेपाल’ को आधिकारीक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।।

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया