२०८३ कार्तिक ११ गते बुधवार

लुकीछिपी रातीमा फोहोर फाल्नाले नियन्त्रण हुन सकेन

तुलसीपुर,२४ कात्तिक । तुलसिपुरको वसपार्क नजिक पातुखोलामा फोहोरको व्यवस्थापन हुन सकेको छैन । तुलसीपुर वसपार्कका होटल व्यवसायबाट निस्कने फोहोरे सडक छेउको नालामा रहेको छ । पातुखोलाको ढिकमा तथा बाटो छेउमा फोहोरको थुप्रो देख्न सकिन्छ । खोलाको ढिकमा होटल व्यवसाय, तरकारी व्यवसाय गर्ने व्यवसायीहरुले फोहोर फाल्ने गरेको स्थानिय गोपाल नेपालीले बताउनुभयो । प्रायजसो रातिको ८÷९ बजेको समयमा फाल्ने गरेकाले फोहोर नियन्त्रण हुन नसकेको उहाँले बताउनुभयो । उपमहानगरको गाडि फोहोर लिन बाटोसम्म आउने तर पातुखोलाको ढिकसम्म नआउने हुँदा खोलामा फोहोर थुप्रिएकोउहाँको भनाइ छ । उहाँका अनुसार उपमहानगरपालिकाको गाडी हप्तामा २ पटक मात्र फोहोर लिन आउने गरेको छ । त्यस्तै उपमहानगरको गाडि फोहोर लिन दिनहुँ नआउने हुनाले नालामा तथा खोलामा फोहोर थुप्रिएको स्थानिय कुष्ण बहादुर बुढाथोकिले बताउनुभयो । दिनहुँ आउने भय यस्तो हुने थिएन ३÷४ दिनको अन्तरमा फोहोर लिन गाडि आउने र मासु मार्केट र पसलबाट ल्याएर राति ३ बजेको समयमा फाल्ने गरेकोले फोहोर निउन्त्रण हुन सकेको छैन, उहाँले भन्नुभयो । यसलाइ नियन्त्रण गर्न उपमहानगरको गाडि फोहोर लिन दिनहु आउनुपर्ने बुढाथोकिले माग छ ।

यता तुलसीपुर उपमहानगरपालिका वन वातावरण तथा फोहोेरमैला व्यवस्थापन शाखाका प्रमुख माधव पौडेलका अनुसार विहान फोहोर लिन गाडि जाँदा होटल व्यवसाय नखुलेको र गाडि फर्किसकेपछि फोहोर खोलामा फाल्ने गरेका छन् । जथाभावी फोहोर फाल्नेलाई न्युनतन ५ सयदेखि १० हजार रुपैयाँसम्म जरिवाना तिराउने व्यवस्था गरिएको उहाँले बताउनु भयो । फोहोर पुल मुनि लगेर फाल्नु भन्दा उपमहानगरपालिकाको गाडिलाइ खबर गर्नु आग्रह गर्नुभयो । गाडि दिनहु पठाउने भन्दा पनि फोहोर कति छ सोहि अनुसार पठाउने र आधा गाडि फोहोर आउँदा लागत नउठ्ने, कर्मचारीहरु पनि सोहि अनुसार पठाउने गरेको बताउनुभयो ।

यति दिनमा यस ठाउमा यति फोहोर उत्पादन हुन्छ भनेर लिस्ट भयको र सोहि अनुसार हिड्ने गरेको र टोलले फोहोर जम्मा भएको भनि निवेदन लेख्ने गरेमा रुटिन बाहेक पनि हिड्ने गरेको र खोलामा फोहोर फालेको भनि सुचना आएमा त्यसलाइ उठाउन जाने गरेको बताउनुभयो । फोहोर गाडिमा नफालेर रातीको समयमा लगेर फाल्ने गरेकोले नियन्त्रण गर्न नसकेको बताउनु भयो । उपमहानगरले जथाभावी फोहोर फाल्नेलाई ५ सयदेखि १० हजारसम्म जरिवाना तिराउने गरेको छ तर उक्त नियमलाई कडाई नगरेका कारण यसको नियन्त्रण हुन सकिरहेको छैन ।।

     
प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।