२०८३ कार्तिक ११ गते बुधवार

शान्तिनगर गाउँपालिकामा बजार अनुगमन 

चिराघाट १५ कात्तिक तिहार नजिकिए सँगै शान्तिनगर गाउँ पालिकाले बुधबार देखि बजार अनुगमन सुरु गरेको छ। गाउँ पालिकाले चाड पर्व लाई मध्य नजर गर्दै स्थानीय स्तरमा रहेका पसल हरुमा अनुगमन गरेको छ। बुधबार शान्तिनगर गाउँ पालिका वडा नम्बर २ का विभिन्न पसलहरूमा अनुगमन गरेको छ। अनुगमन टोलीकी संयोजक गाउँ पालिकाकी उपाध्यक्ष प्रेमा बुढाथोकी केसीको नेतृत्व मा गएको अनुगमन टोलीले वडा नम्बर २ रहेका करिब २५ ओटा  किराना, औषधि पसल, एग्रोभेट, होटल, कस्मेटिक, फेन्सी पसलहर बाट म्याद नाघेका सामानहरू जफत गरेको छ।

त्यसै गरि अनुगमन टोलीले झन्डै ३० लिटर घरेलु मदिरा किराना पसलमा बिक्री का लागि राखिएको पनि जफत गरेको छ। गाउँ पालिकाले गत शालमा पनि  अनुगमन गरेको र व्यवसायीहरु लाई करको दायरामा आइ व्यवसाय सञ्चालन गर्न सुझाब दिएता पनि अधिकांश व्यापारीहरुले उक्त सुझाव लाई पालना नगरेको गाउँ पालिकाकी उपाध्यक्ष प्रेमा बुढाथोकी के सि ले बताउनु भएको छ। बजार अनुगमन लाई आउँदा दिनमा नियमित गरिने र कर को दायरामा नआउने र म्याद नाघेका सामान बिक्री गर्ने व्यापारी लाई कारबाही समेत गरिने उपाध्यक्ष के सि ले जनाउनु भएको छ।

जफत गरिएका सामान हरु लाई मुचुल्का खडा गरि नष्ट गरिने गाउँ पालिकाका प्रशासन शाखा प्रमुख कृष्ण कँडेल ले बताउनु भएको छ। उक्त अनुगमन टोलिमा गाउँ पालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखा भण्डारी , वडा नम्बर २ अध्यक्ष सुनिल ओली, प्रशासन शाखा प्रमुख कृष्ण कँडेल, कम्प्युटर अपरेटर काश्मिर भण्डारी , पत्रकार निराश पाण्डे र चिराघाट  प्रहरीको सहभागिता रहेको थियो अनुगमन बिहीवार पनि हुने गाउँ पालिकाले जनाएको छ।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।