२०८३ असार २६ गते शुक्रवार

१ सय ३२ जना सडक मानवको उद्धार

दाङ, १४ कात्तिक ।  नेपाल मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय उद्धार अभियानको यात्रा अन्र्तगत १ सय ३२ जना सडक मानवको उद्धार गरिएको छ । सडकमा कोही पनि व्यक्ति आश्रित नरहुन् भन्ने उद्देश्यले गत असोज २६ गतेदेखि सुरु भएको अभियानको सुरु भएको अभियानका संयोजक होमनामथ तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, ‘अभियानको १६ औँ दिनसम्म १ सय ३२ जना सडक मानवको उद्धार गरेका छौँ ।’ उद्धार गरिएका कतिपय सडक मानवलाई घरपरिवारमा पुर्नस्थापना गरिएको छ भने कोही र केही पनि नभएका सडक मानवलाई मावन आश्रममा राखिएको संयोजक तिमिल्सिनाले बताउनुभयो । मंंिसरको ४ गते सम्म यात्राको अभियान भए पनि २० गते भित्र महाकाली पुग्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयोे ‘सोमबार दाङको तुलसीपुर पगेको यात्रा मंगलबार बाँकेको नेपालगंज पुग्नेछ ।’ यो अभियान अन्र्तगत देशका विभिन्न जिल्लामा पुगिरहँदा सबैको साथ सहयोग पनि राम्रो पाइरहेको अनुभव अभियानका संयोजक तिमिल्सिनाले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘२० गतेपछि महाकाली पुगेपछि पनि अभियान जारी नै रहन्छ, पहाडी क्षेत्रका जिल्लामा पुग्ने योजना रहेको रहेको छ ।’ यात्रामा स्थानिय सरकार, परोपकारी मन भएका व्यक्तिहरुको सहयोगले यो अभियानले सार्थकता पाइरहेको समेत उहाँले बताउनुभयो ।

हरेक वर्ष गरिने यो अभियानमा यसवर्ष तुलसीपुरमा मात्रै आइतबार ५ जना र सोमबार २ जना गरी ७ जना सडक मानवलाई उद्धार गरेर मानव आश्रममा राखिएको मानव सेवा आश्रम दाङ शाखा प्रमुख हिरु जोशीले बताउनुभयो ।अभियानमा ४० जनाको सहभागिता रहेको छ । नेपाल मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय अभियानको यात्रा सोमबार दाङको तुलसीपुर आइपुगेको थियो । आइतबार दाङको घोराही आइपुगेको अभियान सोमबार तुलसीपुर आइपुगेकोमा उक्त यात्राको समुहलाई तुलसीपुर उपमहानगरपालिकाले स्वागत गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास शाखाका संयोजक मान वहादुर रावतको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा तुुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, महिला अधिकारकर्मी सुष्मा गिरी, बालअधिकारकर्मी नवराज लामिछाने, जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले गर्ने काम मानव आश्रमले गरेको भन्दै प्रशंसा गरेका थिए । कोही र केही नभएका सडक मानवहरुका लागि घरपरिवार छोराछोरी बनेर स्याहार सुसार गर्नु जोकोहीले गर्ने नसक्ने भएकाले यस अभियानमा हिडेका सबै मावनरुपी मनहरुलाई सडक मावनहरुको उद्धारमा खटिएकाले यो यात्रा निरन्तर रहने अपेक्षा गर्दै प्रशंसा गरेका थिए । कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले गर्नुु भएको थियो ।

अभियानकाे टाेलीलाई तुलसीपुरमा स्वागत गर्दै 

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया