२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुरमा तरुणदलका समानान्तर कमिटीले उब्जाएकाे विवाद

तुलसीपुर, १३  कात्तिक । दाङको तुलसीपुरमा नेपाली कांग्रेसको भ्रातृसंगठन तरुणदलका समान्तर कमिटी गठन भएका छन् ।  नेपाल तरुणदल तुलसीपुरको नगर अध्यक्षमा कमल घर्तीलाई मनोनयन गरे लगत्तै सुरेन्द्र सिंह राठौरको अध्यक्षतामा छुट्टै तरुणदलको समानान्तर कमिटी गठन गरिएको हो । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका नगर कार्यसम्पादन  समितिको २०८० भदौ ११ गते बसेको बैठकले तरुणदलको नगर अध्यक्षमा कमल घर्तीलाई मनोनयन गरेको थियो भने नेपाल तरुणदल दाङले सुरेन्द्र सिंह राठौरलाई भदौ २४ गते अध्यक्षको जिम्मेवारी दिएको थियो ।  कमल घर्तीलाई  नगर र पार्टी दाङको समर्थन छ भने सुरेन्द्र सिंह राठौरलाई तरुणदल दाङ र केन्द्रको समर्थन देखिन्छ । 

 

कमल घर्तीलाई  ममर्थन रहेका पत्र 

 

सुरेन्द्र राठाैरलाई समर्थन रहेका पत्र 

 

तरुणदलकाे विषयलाइ लिएर नगर देखि केन्द्रसम्मका नेता विभाजित

यता काँग्रेस नगर सभापति सुरेश हमालले तरुणदलका केन्द्रिय सदस्य गोपाल दहित र दाङको पार्टीले भ्रातृसंगठन रिक्त पदमा मनोनयन गर्न दिएको निर्देशन अनुसार कमल घर्तीलाई नगरको अध्यक्ष बनाएको बताउनुभयो । नेपाली काँग्रेस सिंगो दाङले तरुणदल तुलसीपुरको नगर अध्यक्ष भनेर कमल घर्तीलाई चिन्छ । अरु बाटाघाटामा को के भए भन्ने कुराको सरोकार पार्टीले राख्दैन ।’ सभापति हमालले भन्नुभयो । 

 

तरुणदल  दाङका अध्यक्ष टिका घर्तीले नेपाल तरुणदलको परिच्छेद ८ को धारा ३५ को उपधारा ३ ‘ख’ बमोजिम उपाध्यक्ष रहेका राठौरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताउनुभयो । कांग्रेसको भ्रातृसंगठन तरुणदल दाङको अध्यक्ष आफू भएको बताउँदै घर्तीले तुलसीपुर नगरको आधिकारिक अध्यक्ष राठौर नै भएकाले आफूले अरुलाई नचिन्ने बताउनुभयो ।  करिब ७/८ वर्ष अघि तरुणदलको चौथो अधिवेशनले प्रविण केसीको अध्यक्षतामा तरुणदल तुलसीपुर नगर समिति गठन गरेको थियो । प्रविण केसी अमेरिका गएपछि तुलसीपुर तरुणदल निष्कृय बनेको थियो । 

 

यसैगरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले विधान र विधि अनुसार सुरेन्द्र सिंह राठौर कार्यवाहक अध्यक्ष रहेको तरुणदल नै आधिकारिक रहेको बताउनुभयो । ‘तरुणदलको तुलसीपुर नगर अध्यक्ष प्रविण केसी हुन । उनी अमेरिका गएपछि उपाध्यक्ष रहेका सुरेन्द्र राठौर कार्यवाहक अध्यक्ष भए । लालबुझक्कडले यति कुरा बुझ्दैनन् । कांग्रेसको पूर्णकालीन सदस्य नभएको कमललाई अध्यक्ष बनाउने अधिकार पाटीलाई छैन । यदि अधिकार दिएको छ भने कहाँ दिएको छ । सुरेश हमाल र जगत खड्काले मलाई देखाइदिनुपर्यो ।’ केन्द्रिय सदस्य गिरीले भन्नुभयो ।

क्षेत्रीय सभापति ललित पाण्डे अमेरिका गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका राजकुमार केसीलाई काँग्रेस पार्टी सभापति शंकर डाँगीले वैधता दिएपछि राठौरलाई त्यही नीति लागू हुँदैन ? केन्द्रिय सदस्य गिरीले प्रति प्रश्न गर्नुभयो ।   

यता दीपक गिरी निकट रहेका  नेपाली काँग्रेस क्षेत्र नं ३ का संघीय सभापति जगत खड्काले गेहेन्द्र गिरीका कारण २ वटा तरुणदल गठन भएको बताउँदै आधिकारिक अध्यक्ष कमल घर्ती रहेको दाबी गर्नुभयो । ‘गेहेन्द्र म भन्दा माथिको नेता हो । मैले खासै भन्न त मिल्दैन । तर तरुणदलका छुट्टै केटाहरूलाई खेरेर विपी चोकमा ७१ औं तरुणदल दिवस मनाउनुभयो । हामीले प्रादेशिक अस्पतालमा बिरामीलाई फलफूल बितरण गर्यौ । कांग्रेसको केन्द्रिय सदस्य जस्तो मान्छेले यस्तो गर्न सुहाउँदैन ।’ खड्काले भन्नुभयो ।

अन्तरद्वन्द्वले  दीर्घकालीन रुपमा  असर पर्नसक्ने 

 कांग्रेसको भ्रातृसंगठन तरुणदलको विषयलाई लिएर कांग्रेस भित्र आन्तिरक रुपमा ठूलो द्धन्द्ध सृजना भएको छ । भ्रातृसंगठनकाे विषयलाई नेताहरूले आफ्नो प्रतिष्ठाको विषय बनाएपछि कांग्रेसभित्र द्धन्द्धको आगो सल्किएको हो । नेपाल तरुणदल तुलसीपुर नगर कार्यसमितिको विषयले वडा, नगर, जिल्ला हुँदै केन्द्रसम्म चर्चा पाएको छ ।  नेताहरु विभाजित भएका छन् । चिया पसल, होटेल र सार्वजनिक स्थानमा कसले बाजी मार्ने वा कसले कसलाई वैदधा दिने भन्ने कुराले प्रवेश पाएको छ ।  पुरानो रिसदेखि टिकट वितरणसम्म आउँदा पार्टीभित्रको अन्तरद्वन्द्व झनै बढ्न थालेपछि यसले दीर्घकालीन रुपमा ठूलो असर गर्ने कांग्रेसका कतिपय पाका नेताहरू बताउँछन् । 

यसरी भएका थिए तुलसीपुरमा दुईवटा तरुणदल गठन 

कमलकाे समूह 

 

सुरेन्द्रकाे समूह 

 

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।