२०८३ कार्तिक ११ गते बुधवार

थारु समुदायमा सखिया नाचको रौनकता हराउँदै

तुलसीपुर, २ असोज । नेपालीहरुको महान पर्व वडादशैँ सबैको घरमा भित्रिसकेको छ । सवैजना दशैँ मनाउने तयारीमा छन् । यो समयमा केहीवर्ष अघिसम्म पनि दसैँ सुरु हुनुअघि नै थारु बस्तीमा सखिया नाचको रौनक सुरु हुन्थ्यो । तर हिजो आज थारु बस्तीमा सखिया नाचको धुन कमै मात्र सुन्न पाइन्छ । सखिया नाचमा युवतीहरू सामूहिक रूपमा नाच्ने र पुरुषहरूले मादल बजाउने गर्छन । थारु समुदायमा यसले आफ्नै ऐतिहासिक विशेषता बोकेको छ । गैर थारुहरुको भन्दा फरक संस्कृति बोकेको थारु समुदायमा बाहेक अन्य समुदायमा यो नाच नाचिदैन । यो नाचमा भगवान श्रीकृष्णको लीलामा आधारित गीत गाएर शास्त्रीय नृत्य गरिने थारु बुद्धिजीवी छोटीलाल थारुले बताउनुभयो । उहाँले पहिले धेरै नै नाच्ने गरेको सखिया नाच आधुनिकतासँगै नाच लोप हुन थालेकोे बताउनुभयो । पछिल्लो समय रोजगार र पढाईको शीलशीलामा धेरै युवायुवतीहरु घर बाहिर नै बस्ने हुनाले यस्तो अवस्था आएको उहाँको भनाइ छ । ‘तर हाम्रो संस्कृति हो यसो भन्दैमा लोप हुन दिनुहुँदैन । सबै मिलेर बचाउनुपछर्,’ उहाँले भन्नुभयो । कतै नाच्न छोडिसकेको गाउँमा पनि संरक्षण गर्नुपर्छ भनेर सखिया गीतहहरु छोट्याएर नाच्न थालेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।