२०८३ कार्तिक १० गते सोमवार

संयुक्त राष्ट्रसंघ दिवस फोटोमा यस्ताे देखियाे

तुलसीपुर १ कार्तिक ।नेपाली सेनाले संयुक्त राष्ट्रसंघको स्थापना दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । राष्ट्रसंघको वडापत्र कार्यान्वयनमा आएको दिन अक्टोवर २४ मा हरेक वर्ष मनाइदै आएको यो दिवस यस पटक उक्त दिन वडादशैं परेको हुँदा आज कार्तिक ०१ गते मनाइएको हो । दुई भागमा सञ्चालन गरिएको उक्त कार्यक्रमको पहिलो भागमा प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा शान्ति र्‍याली आयोजना गरिएको थियो ।

जङ्गी अड्डाको खेल मैदानबाट सुरु भएको ५ (पाँच) किलोमिटर दुरीमा सञ्चालित उक्त मार्च मा नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथीवृन्द, अधिकृत, विभिन्‍न यूएन मिशनका पूर्व फोर्स कमाण्डरहरु, विभिन्‍न सरकारी तथा गैरसरकारी निकायका पदाधिकारीहरु, सञ्चारकर्मी, लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।

माननीय उप प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काको प्रमुख आतिथ्यमा सञ्चालन भएको दोस्रो भागको विशेष कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको टोलीहरुद्वारा मार्च पास, नेपाली सेनाद्वारा विभिन्न प्रकारका झाँकी, तेक्वान्दो खेल प्रस्तुत गर्नुका साथै सैनिक ब्याण्डको प्रस्तुतीकरण समावेश गरिएको थियो । उक्त कार्यक्रममा मन्तव्य राख्‍नु हुँदै परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा आयोजित यस कार्यक्रमले नेपालको परराष्ट्र नीतिको प्राथमिकता विश्व शान्ति पनि रहेको र यसमा नेपालले उल्लेखनीय योगदान पुर्‍याएको कुरालाई दर्साउने बताउनु भयो ।

                         

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।