२०८३ भाद्र २७ गते शनिवार

वीरेन्द्र चोकदेखि बस पार्कसम्मको जीर्ण सडक मर्मत

तुलसीपुर, ३० असोज । तुलसीपुर –हापुरे सडक खण्ड अन्तर्गत वीरेन्द्र चोक देखि बस पार्क हुँदै पुलचोक सम्मका जीर्ण सडक मर्मत भएपछि आवतजावतमा सहजता भएको छ । वीरेन्द्रचोक, तुलसी बोर्डिङ चोक, बुटवल वस्त्रालय नजिकै रहेको घुम्ती, पिपलबोट, बस पार्क क्षेत्र र पुल चोकमा रहेका ठूल्ठूला खाल्डाखुल्डी पुरेर सडक कालोपत्रे गरेपछि  सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा सहजता भएको हो । सडक जीर्ण हुँदा दुर्घटनाको निकै जोखिम बढेको थियो भने पानी पर्दा खाल्डामा जमेको पानी छ्याप्दा पैदलयात्रुले हैरानी खेप्नु परेको थियो । 

उज्ज्वल वर्षा निर्माण सेवा तुलसीपुरले पुस ८ गतेभित्र तुलसीपुरको वीरेन्द्र चोक देखि हापुरेसम्मको जीर्ण सडक मर्मतका लागि २०८० असोज १० गते सडक डिभिजन कार्यालय दाङसँग सम्झौता गरेका थियो । सडक मर्मतका लागि ३० लाख इस्टमेट गरिए पनि निर्माण सेवाका प्रोप्राइटर दोर्ण देवकोटाले २५ लाख ८० हजारमा ठेक्का लिएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी रिकेश महर्जनले जानकारी दिनुभयो ।  तुलसीपुर देखि हापुरेसम्म ४ हजार स्क्वायर मिटर सडक मर्मत गर्नुपर्ने भएपनि पहिलो चरणमा  बजार क्षेत्रलाई प्राथमिकता दिएर मर्मतलाई तिव्रता दिएको प्रोप्राइटर देवकोटाले बताउनुभयो । 

                                                                तुलसीपुरकाे  पिपलबाेट नजिकै  जीर्ण सडक मर्मत गर्दै  
प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।