तुलसीपुर, १२ असोज। तुलसीपुर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इङलिश बोडिङ स्कुलमा मुटु रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । बढ्दै गएको सामाजिक संजालको प्रयोगका कारण मानिसहरु एकोहोरो हुने र सामाजिक संजालमै व्यस्त रहने भएकाले विद्यार्थीहरुले पनि यही कुरालाई आत्मसात गर्दै गइरहेको बेला विद्यार्थीहरुलाई विद्यालयमै यस्तो सचेतनाका कार्यक्रम गर्न आवश्यक ठानेर प्रशिक्षण कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय शारिरिक कामहरु नगर्ने, विलासी जीवन बिताउन चाहने कारणले गर्दा मुटु रोगीका विरामीहरु बढिरहेकाले खानपानमा विशेष ख्याल गर्न आग्रह गरेका थिए । उनीहरुले गरी मानसिक तनाव नलिन पनि आग्रह गरेका थिए विद्यायलका सिइओ यमकान्त खरेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर शैलेश उपाध्यायले विद्यार्थीहरुलाई मुटुबारे प्रशिक्षण दिनु भएको थियो । मुटु रोग भनेको केहो, कसरी लाग्छ, लाग्नै नदिन के गर्ने र लागि सकेपछि उपचार कसरी गर्ने लगायतका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण गराइएको थियो । कार्यक्रममको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शमौ मज्गैयाँले गर्नु भएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।