तुलसीपुर, २८ भदौ । नागरिक समाज दाङका पूर्व संयोजक तथा नागरिक अगुवा टिकाराम रेग्मीले तीन तहको सरकारको काम भत्ता खाएर मात्रै बस्ने गरेको टिप्पणी गर्नु भएको छ । सामाजिक संजाल फेसवुकमा लेख्दै रेग्मीले महँगी, भ्रष्टाचार, कालोबजारी नियन्त्रणमा चासो नदेखाएको भन्दै तीन तहका सरकारहरु तलव र भत्ता मात्रै खाएर बसेको बताउनुभएको छ ।
‘बजारमा चिनी किलोको १ सय १५ रुपैयाँ छ । हरेक सामान छोइ नसक्नु छ । सामान खरिदको बिल कसैले दिँदैनन् । बजार अनुगमन गरिँदैन । ३ सरकार तलब भत्ता खान मात्रै बनेका हुन ? खै भ्रष्टाचार कालो बजारी नियन्त्रणमा चासो देखाएको ? ’ रेग्मीले फेसवुक पेजमा लेख्नु भएको छ । नागरिक अगुवा रेग्मीले जनताले भोग्दै आएको वास्तविक महँगीको पिडालाई सामाजिक संजाल मार्फत व्यक्त गरेर वर्तमान जजर अवस्थाको यथार्त चित्रण गरेको कतिपयको बुझाइ छ ।
प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।