२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुरमा दिनभर लाइन नआउने

तुलसीपुर, २३ भदौ । दाङको तुलसीपुरमा शनिबार दिनभर लाइन नआउने भएको छ । रुखका हाँगाबिङ्गाका कारण लाइनमा छोएर ट्रिप जाँदा तुलसीपुर बजार सहित आसपासका क्षेत्रमा विद्युधत लाइन अवरुद्ध हुन थालेपछि हाँगाविङगा काट् र हटाउन लाइन अवरुद्ध गरेर काम सुरु गरिएको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो ।

दिनभर काम गर्नुपर्ने भएकाले लाइन बेलुकी पाँच बजेसम्म सम्म विद्युत लाइन अवरुद्ध हुने भएको छ । तुलसीपुर क्षेत्र अन्र्तगत पर्ने हापुरे(तुलसीपुर ३३ केभि, एयरपोर्ट, कृष्ण मन्दिर, फूलबारी, मानपुर, बिजौरी, बालापुर, सुकौरा र भमके फिडर पर्ने तुलसीपुर उपमहानगर, शान्तीनगर गाउँपालिका, बबई गाउँपालिका, दंगिशरण गाउँपालिका लगायतर सबै क्षेत्रको विद्युत सेवा अवरुद्ध हुने प्रमुख गोशलीले बताउनुभयो । यस्तै रुखका हाँगाबिगा र रुख काट्ने काम सकिएपछि विद्युत लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ ।सकिएपछि विद्युत लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।