तुलसीपुर, १९ भदौ । नेपाल सरकारले वृद्धाश्रमलाई शुन्यमा झार्ने र दिवासेवा खाजा कार्यक्रम संचालन गर्ने भन्ने निति तथा योजना बनाए पछि उक्त निति दाङको तुलसीपुरमा रहेको वृद्धाश्रममा लागु भएको छ । उक्त निति आइसकेपछि तुलसीपुरमा रहेका वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरु अहिले केही मानवआश्रममा पठाएपछि र केही व्यक्ति घरपरिवारमा पुनःफर्किएपछि शुन्य रहेकोे बृद्धसेवा समिति जेष्ठ नागरिक समाज तुलसीपुर दाङका अध्यक्ष खुमानन्द अधिकारीले जानकारी दिनुदिनुभयो । उहाँका अनुसार वृद्धाश्रम भएको भवनमा दिवासेवा खाजा कार्यक्रम भने निरन्तर संचालन भइरहेका छन् । तुलसीपुर १२ रझेनामा रहेको केशवराज झुपाकुमारी वृद्धाश्रममा आश्रय लिएर बस्ने जेष्ठ नागरिहरु बस्न छोडेको १ वर्ष भयो । यो भन्दा अगाडि ७ जना कोही नभएका केही नभएका जेष्ठनागरिकहरु बसेका थिए ।
आश्रय लिएर नबस्ने तर दिनभर जेष्ठनागरिकहरु जम्मा हुने धार्मिक किताबहरु पढ्ने, भजनकृतन गर्ने, नाच्ने, गाउने, रमाउने दुःख सुखका कुराहरु गर्ने र साँझमा घर फर्किने कार्य भने निरन्तर चलिरहेको छ । यसरी सबै जेष्ठ नागरिकहरुसँग भेटघाट हुँदा म एक्लो रहेनछु, म जस्ता अरु साथीहरु पनि हुनुहुँदोरहेछ भन्ने सोच्नुहुन्छ, दिन विताउने बाटो पनि हुन्छ, त्यही भएर आउनुहुन्छ रमाउनुहुन्छ, उनले भने । कतै चिया नास्ताको व्यवस्थाका लागि वडा तथा पालिका सरकारबाट वजेट विनियोजन गरिएको छ भने कतै बजेट नै छुट्याइएको छैन । दाङमा सवै भन्दा राम्रो व्यवस्थापन घोराही उपमहानगरपालिमा रहेको अधिकारीले बताउनुभयो । दाङको घोराहीमा रहेको जेष्ठ नागरिक सरोकार केन्द्रबाट संचालित लक्ष्मी नारायण लोहनी वृद्धाश्रम, बृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाज तुलसीपुरबाट संचालित तुलसीपुर १२ रझेनामा रहेको केशवराज झुपाकुमारी वृद्धाश्रम र शृजनशील वृद्धाश्रम लमही गरी ३ वटा छन् । यी ३ वृद्धाश्रम मध्य घोराहीमा ५/६ जना छन् भने तुलसीपुर र लमहीमा शुन्य रहेको अधिकारीले बताउनुभयो । तुलसीपुरमा ७ जना बस्थे । ती मध्ये ४ जनाको निधन भयो , १ जनालाई छोराबुहारीलाई सम्झाईबुझाइ गरेर घरमा पठाइयो, एकजना सुस्त मनस्थितिका महिलालाई मानवआश्रममा मैले नै लिएर छोडे । एक जना दृष्टिवीहिनलाई भाइको जिम्मा लगाएर घरमा फिर्ता गराइयो , त्यसपछि वृद्धआश्रममा आश्रय लिनेहरुको संख्या शुन्यमा झरेको हा, अधिकारीले भन्नुभयो । कसरी निर्माण भयो केशवराज झुपाकुमारी वृदाश्रम दाङको तुलसीपुर उपमहानगरपालिका १२ रझेनाका नारायण प्रसाद गौतमले बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज तुलसीपुर दाङलाई वृद्धाआश्रम निमाणका लागि जग्गा दान दिनुभयो । २०६३ साल मा आश्रम निर्माण सुरु भयो, २०६४ सालमा बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज तुलसीपुरको नाममा जग्गा दर्ता भयो । २०७० मा पास भयो, २०७१÷ ०७२ मा वृद्धाआश्रमको भवन निर्माण भयो । भवन बनाउने कुरा भएपछि त्यसका लागि २०६६ मा तुलसीपुरमा महापुराण लगाइयो । त्यसपछि रझेनामा पनि महापुराण लगाइयो । महापुराणबाट संकलन भएको १५ लाखमा एउटा भवन ट्वाइलेट बाथरुम सहित भवन निर्माण भयो ।
समाजकल्याण मन्त्रालयबाट आएको ६ लाख ,३३ हजार ३ सय ३३ रुपैयाँ र सांसद विकास कोषबाट ३ लाख ३५ हजार गरी लगभग १० लाखमा अर्को भवन, रझेनामा लगाएको महापुराणबाट ४२ लाख संकलन भएकोमा तारबार,जाली, गेट, पर्खाल निर्माणमा खर्च भयो । महापुराणमा ४ वटा वडाबाट ५÷५ लाख र अन्य विभिन्न दानदाताहरुबाट ४२ लाख संकलन भयो । रझेनाकै स्वर्गीय हरिप्रसाद गौतमले दिनुभएको १ लाखमा कुवा निर्माण भएको छ । सबै गरेर करिब ६५ लाख लागतमा निर्माण कार्य सम्पन्न भयो । यसरी निर्माण सम्पन्न भएको बृद्धसेवा समिति जेष्ठ नागरिक समाज तुलसीपुर दाङका अध्यक्ष खुमानन्द अधिकारीले जानकारी दिनुदिए ।
३ करोड ४२ लाखको लागतमा २०७४ मा गुरुयोजना बनाइएको हो तर त्यो कार्यन्वयन हुन सकेन । गुरु योजनामा ५ ओटा मन्दिर, गौशाला, फनपोखरी, वाटो लगायतका योजनाहरु समेर्टिका थिए । यसरी धेरै दुःख कष्ट गरेर भवन निर्माण ग¥यौँ तर प्रयाप्त जग्गा नहँुदा गुरुयोजना अनुसार काम गर्न सकेका छैनौँ । यसमा म लगायत हाम्रो कार्यसमिति साहै्र दुखी छौँ । गुरु गोजना अनुसार काम गर्न पाए केही आम्दानी पनि हुन्थ्यो उनले भने । राधा कृष्णको मन्दिर, पोखरी बनाउने गुरु योजना बनेको छ तर जग्गाको अभाव छ ।
बनाउने दानदाताहरु पनि भेटिनु भएको थियो तर जग्गा थोरै भयो , जग्गा भयो भने मात्रै यी संरचनाहरु निर्माणका लागि हामीले दान गर्छौँ भन्नुभयो । रझेनाकै नारायण प्रसाद गौतमले ३ विगा ११ धुर जग्गा दिन्छु भनेर उहाँले प्रतिवद्धता जनाउनुभयो , हस्ताक्षर पनि गर्नुभयो तर दिनेबेलामा १ विगाहमात्रै दिनुभयो । एक विगाह भनेको पनि थोरै त होइन धेरै हो तर पनि उहाँले आफूले जति दिनमन थियो त्यतिमा मात्रै हस्ताक्षर गरेको भए हुन्थ्यो ।
प्रतिवद्धता र बचनमा एउटा व्यवहारमा अर्को गरेपछि हाम्रो पनि मन दुखेको हो, अधिकारीले भने । हामीसँग प्रयाप्त जग्गा भएको भए हामीले धेरै प्रगति गरिसक्थ्यौँ होला अहिलेसम्म त हामीलाई यही जग्गाकै कारण अल्झिएका छौँ । जग्गादाता भनेर तुलसीपुर परिक्रमा लगायत सबै कार्यक्रमहरु ग¥यौँ । तर सोचे अनुसार भएन । त्यसकारण हामी पछि परेका छौँ, हाम्रो आश्रम ओझेलमा परेको हो, उनले भने । तुलसीपुरमा रहेको सो आश्रमको १७ जनाको कार्यसमिति र १० जना सल्लाहकार गरी २५ जनाको समुह छ । १ हजार जना आजिवन सदस्यहरु छन् भने २ सय जना स्वर्गारोहन भइसकेको छ । हरेक महिनाको १ दिवासेवा खाजा कार्यक्रम, १० गते नियमित बैठक र १७ गते धार्मिक प्रवचन कार्यक्रमहरु संचालन हुन्छन् ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।