तुलसीपुर, १९ भदौ । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुर, अन्तत्वगत्वा तुलसीपुरमा नै रहने भएको छ । भवन र जग्गाको अभावमा जिल्ला बाहिर सर्ने हल्ला भइरहेका बेला तुलसीपुर उपमहानगरपालिका–६ गाइडरमा कार्यालय सर्ने भएको हो ।
सोमबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले गाइडरमा रहेको सामाजिका विकास डिभिजन कार्यालयको भवनमा यातायात व्यवस्था कार्यालय सार्ने निर्णय गरेको मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको सचिवालयले जानकारी दिएको छ ।
सामाजिक विकास डिभिजन कार्यालयलाई तुलसीपुर–१२ मा रहेको शैक्षिक तालिम केन्द्रमा सार्ने निर्णय पनि भएको छ । त्यसैगरी त्यस भवनमा रहेका सिप विकास तालिम केन्द्रका सामानलाई उद्योग मन्त्रालयलाई हस्तारण गर्ने निर्णय भएको छ । यस अघि उक्त भवनमा सिप विकास तालिम केन्द्र संचालन हुँदै आएको थियो ।
प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार