२०८३ कार्तिक १२ गते बिहिवार

सगरमाथा स्कुलमा गीत प्रतियोगिता

दाङ, ९ भदौ । दाङको तुलसीपुरमा रहेको सगरमाथा बालाबाटिका इङिलस बोर्डिङ स्कुलमा गित प्रतियोगिता भएको छ । तुलसीपुर ९ दोघरेमा रहेको विद्यालयमा आज अतिरीक्त क्रियाकलाप अन्तर्गत गित प्रतियोगिता भएको विद्यालयले जनाएको हो । विद्यार्थी सुजल डाँगीको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक छवी कुमार वलीको प्रमुख आतिथ्यतामा कार्यक्रभएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वलीले विद्यार्थीहरुको प्रतिभालाई बाहिर ल्याउनको लागि स्थानिय स्तरका ख्याति प्राप्त कलाकारहरुलाई समय समय विद्यालयमा ल्याएर विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने बताउनुभयो । उहाँले कितावि ज्ञान मात्रै नभएर विद्यार्थीहरुमा रहेको प्रतिभालाई पनि विद्यालयले पहिचान गर्नेमा जोड दिनुभयो ।

कार्यक्रमा प्रतियोगी विद्यार्थीहरुले आ(आफ्नो गित प्रस्तुत गरेका थिए । जसमा प्रा।वि तहका गृष्मा नेपाली प्रथम, द्धितिय जेनी डिसी र काभ्या वली तितृय हुनुभएको छ ।कक्षा ६ देखि १० सम्मको प्रतियोगितामा दिक्षा शाहा प्रथम, अञ्जली नेपाली द्धितिय र तिलव विक तितृय हुनु भएको छ ।कार्यक्रममा लोक गायक नविन वली नविनतमले आफ्ना गितहरु प्रस्तुत गर्नु भएको हो । साथै उहाँले यस्ता खालका कार्यक्रमले विद्यार्थीहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउन सहयोग पुग्ने बताउनुभयो ।कार्यक्रमको सहजीकरण कक्षा १० का छात्रा दिक्षा शाहले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।