२०८३ कार्तिक ११ गते बुधवार

निःशुल्क वायोग्याँस उत्पादन गरिने

तुलसीपुर, ८ भदौ । वायु प्रदुषण न्यूनिकरण गर्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिकाका २ सय घरधुरीमा वायोग्याँस (गोबरग्याँस) उत्पादन गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका १० वटा सामुदायिक वनसँग समन्वय गरेर वायोग्याँस उत्पादन गरिने तुलसीपुर उपमहानगरपालिकाका वनवातावरण तथा हरियाली प्रवद्र्धन शाखा ÷ सरसफाई तथा फोहोर व्यवस्थापन शाखाका प्रमुख माधव पौडेलले जानकारी दिनुभयो । तुलसीपुरका १ सय ३ सामुदायिक वनमध्ये १० ओटा सामुदायिक वन उपभोक्ता समुहका २ सय घरधुरीमा गोवरग्याँस उत्पादन गरिने योजना रहेको वन्यजन्तु संरक्षण संघ नेपाल दाङका फिल्ड अफिसर तथा सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल स्थानिय महासंघ तुलसीपुरका अध्यक्ष खेमलाल महताराले बताउनुभयो । एउटा वन समुहका २० घरमा गरी २०० घरधुरीमा उक्त ग्याँस निर्माणको योजना रहेको छ । उनका अनुसार तुलसीपुरका वडा नंबर ३, ४, १८ र १९ का १० सामुदायिक वनमा यस्तो अभियान ल्याइएको हो । जसमा वडा नंबर ३ का भगवती सामुदायिक वन, सम्झना सामुदायिक वन, र भैरव सामुदायिक वन, वडा नंबर ४ का विरेन्द्र सामुदायिक वन, तारेपहरा सामुदायिक वन, गादिबराहा सामुदायिक वन, १९ का शान्तिकर्माकोट र मान्द्रेकोट सामुदायिक वन रहेका छन् भने १८ का अम्मखोली सामुदायिक वन र कालिकामालिका किसान ज लुके सामुदायिक वन अठारउन्नाइस रहेका छन् । जलवायु परिवर्तन र यसका कारणले परेको असरलाई न्यूनिकरण गर्नका लागि यस्तो अवधारणा ल्याएर काम अगाडि बढाइएको उहाँले बताउनुभयो । यस्तै वनजंगल विनाश हुनबाट जोगाउने, खाना पकाउँदा प्रयोग गरिने दाउरामा भएको निर्भरतालाई घटाउने, आर्थिक अवस्थामा केही सहजता ल्याउने, कृषिका लागि मल खेतबारीमा राख्न मिल्ने र यसबाट पनि फाइदा हुने भएकाले यो अभियान ल्याएको हो । भैँसीबाट दुध उत्पादन गरेर विक्री गर्न सकिने भयो, त्यसबाट पनि आम्दानी गर्न सकिन्छ भने वायोग्याँस तथा गोबरग्याँस घरमा भयो भने बजारबाट चर्को मुल्यको एलपि ग्याँस किन्नु परेन । पैसाको पनि वचत भयो त्यही भएर यसको फाइदा धेरै छ । त्यसकारण पनि आर्थिक अवस्था उकास्न केही हदसम्म भएपनि सहजता ल्याउँछ,’ महताराले भन्नुभयो । उहाँले दिएको जानकारी दिनुसार नेपाल सरकारको केही अनुदान, वन्यजन्तु संरक्षण नेपालको आर्थिक सहयोगमा निशुल्क रुपमा उक्त ग्याँस उत्पादन गर्न लागिएको हो भने स्थानियको लागत सहभागिता (जनश्रमदान) को सहयोग रहने महताराले बताउनुभयो । गोवरग्याँस निर्माणका लागि सम्झौता भएर पनि टेण् पनि भइसकेको छ । आजभोली पानी परिरहने बर्षातको समय भएकाले तत्काल काम सुरु हुन नसकेको महताराले बताउनुभयो । ‘गोवरग्याँसका लागि खाल्डो खन्नुपर्ने हुनाले अल्लि समस्या हुन्छ । त्यसकारण वर्षापछि काम सुरु हुन्छ,’ उहाँले बताउनुभयो । ‘सामुदायिक वन उपभोक्ता समुहले नै आप्mना उपभोक्ताहरुलाई छनोट गरेका छन् । विपन्न, दलित तथा आर्थिक अवस्था कमजोर भएका घरपरिवारलाई छनोट गरिएको छ । कम्तीमा पनि २ वटा गोरु र एउटा भैँसी अनिवार्य पालेको हुनुपर्ने घरपरिवारलाई मात्रै छनोट गर्ने भनेकाले त्यसै अनुसार छनोट गरिएको छ । नत्र घरमा गाइभैँसी पालिएको छैन भने वायोग्याँस उत्पादनका लागि चाहिने गोबर कहाँबाट ल्याउने ?समस्या हुन्छ,’ महताराले भन्नुभयो । दाङमा स्वच्छ तथा वैकल्पिक उर्जाको प्रयोग अभियान अन्तर्गत पशुहरुबाट आइरहेको मल जथाभावी खेर गइरहेको कुरालाई मध्यजनर गर्दै यस्तो अभियानमा जोड दिइएको वन्यजन्तु संरक्षण संघ नेपालका डाइरेक्टर सञ्जिवनी योञ्जनले बताइन् । कस्तो खालको उर्जाको उत्पादन गरेपछि उर्जाको समस्यालाई समाधान गर्न सकिन्छ भनेर यो परियोजना ल्याइएको उनकोे भनाइ छ । वातावरण संरक्षणमा सामुदायिक वनहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सामुदायिक वन उपभोक्ता समुहलाई छनोट गरिएको उहाँले बताउनु भयो । ‘नेपाल जलवायु परिवर्तनको दृष्टिकोणले जोखिममा रहेको छ भने दाङ पनि जलवायु परिवर्तनमा अछुतो छैन, त्यसकारण उक्त जोखिमलाई मध्यनजर गर्दै उर्जाको परियोजना ल्याएको हो,’ उहाँले भन्नुभयो । अहिले तुलसीपुर उपमहानगरपालिकाका २ सय घरधुरीमा नमुनाको रुपमा बनाइरहेका र पछि बढाएर ४ सय घरधुरीमा निर्माण गर्ने योजना रहेका उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।