२०८३ कार्तिक ११ गते बुधवार

दाङका २ लाख बढी बालबालिकालाई दादुराको खोप

तुलसीपुर, १ भदौ । नेपाल सरकारले संचालन गरेको दादुरा रुवेला विरुद्धको खोप अभियानमा दाङका २ लाख वढी बालबालिकाले खोप लगाएका छन् । जिल्लाका ६ महिनादेखि १५ वर्षमुनिका कुल २ लाख ३ हजार ६ सय १२ जनामध्येबाट २ लाख ६ सय ४५ जना बालबालिकाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयले दिएको तथ्यांक अनुसार सबैभन्दा धेरै घोराही उपमहानगरपालिका र कम दंगीशरण गाउँपालिकामा खोप लगाइएको थियो ।घोराही उपमहानगरपालिकाका ६६ हजार ३ सय ७३ मध्ये ६३ हजार ५ सय, तुलसीपुरका ५७ हजार २ सय ८३ मध्ये ५६ हजार ९ सय ९६ जना, लमही नगरपालिकामा १४ हजार ४ सय ४२ मध्ये १५ हजार ९ सय ९ जना, बंगलाचुली गाउँपालिकामा ८ हजार १ सय ५१ बालबालिका मध्ये ७ हजार ४ सय ९० जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय दाङका खोप शाखा प्रमुख किशोर कुमार आचार्यले जानकारी दिनुभयो । यस्तै शान्तिनगरमा ७ हजार ५ सय ५१ जनामध्ये ७ हजार ६ सय ९७ जना, बबईमा ८ हजार ९ सय २ मध्ये ८ हजार ९ सय ५८ जनालाई, दंगीशरणमा ५ हजार ६ सय ६० मध्ये ५ हजार ५ सय ९२ जनालाई, राप्तीमा १३ हजार ९ सय ४० जनामध्येबाट १४ हजार ६ सय १९ जनालाई , गढवामा १२ हजार १ सय ५९ मध्ये १२ हजार ६३ जनालाई र राजपुर गाउँपालिकामा ९ हजार ५१ मध्ये ७ हजार ८ सय २१ जनालाई खोप लगाइएको उहाँको भनाई छ । दाङमा ६ महिनादेखि ५९ महिनासम्मका ४९ हजार ४ सय ३४ जना बालबालिका रहेकोमा ४९ हजार २ सय २८ जनालाई खोप लगाइयो भने ५ वर्षदेखि १५ वर्ष मुनिका १ लाख ५४ हजार १ सय ४७ जना रहेकोमा १ लाख ४९ हजार ९ सय ९४ जनालाई खोप लगाइएको थियो । १० वटै पालिकाका ८ सय १ खोपकेन्द्रबाट खोप लगाइएको थियो । जिल्लामा खोप लगाउनका लागि १ हजार ७ सय ४५ जना स्वास्थ्यकर्मीहरु र १ हजार ७ सय ४५ जना स्वयम्सेवबहरु परिचालन गरिएको थियो । नेपाल सरकारले गत जेठ २५ गतेदेखि असार ७ गतेसम्म दादुरा रुवेला विरुद्धको खोज तथा खोप अभियान दादुराको प्रकोप बढी देखिएको दाङ लगायत देशभरका ९ वटा जिल्लामा संचालन गरिएको थियो । यसैविच राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाको उमेर अनुसार नियमित लगाउनुपर्ने खोपे लगाउन छुटेका १ हजार ४ सय २३ जना बालबालिकालाई खोप लगाइएको खोप शाखा प्रमुख आचार्यले जानकारी दिनुभो । उहाँका अनुसार स्थानिय तहका स्वास्थ्य शाखाहरुले अनुगमन गरी दादुराको खोप लगाउन छुटेका बालबालिकाहरुलाई उक्त खोप लगाइएको हो । जिल्लाको घोराही उपमहानगरपामलिकामा २ सय ३९ जना, तुलसीपुरमा २ सय ५२ जना, लमहीमा ३ सय ९० जना, बंगलाचुलीमा ८४ जना, शान्तिनगरमा ३३ , बबईमा २, दंगीशरणमा ४३ , राप्तीमा ९४, गढवामा ७४ र राजपुरमा २ सय १२ जनालाई नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइएको आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।