२०८३ कार्तिक ११ गते बुधवार

शारिरीक रुपमा अपांगहरुका लागि निशुल्क थेरापी

तुलसीपुर, ३१ साउन । दाङको तुलसीपुरमा रहेको अपाङग समाज सुधार केन्द्र तुलसीपुरले शारिरीक रुपमा अपाङगता भएका नागरिकहरुका लागि निशुल्क फिजियो थेरापी सेवा संचालनमा ल्याएको छ । अपाङग समाज सुधार केन्द्रको आफ्नै भवनबाट विगत २ वर्षदेखि अपाङगहरुलाई सेवा दिने उद्देश्यले निशुल्क फिजियो थेरापी संचालन गरिरहेको केन्द्रले जनाएको छ । केन्द्रमा दाङ लगायत सल्यान, रुकुम, प्यूठानका नागरिकहरुले सेवा लिनका लागि आउने गरेको केन्द्रका संस्थापक अध्यक्ष हुमाकान्त कडेलले जानकारी दिनुभयो । अहिलेसम्म २ वर्षमा १ सय ७ जनालाई थेरापी सेवा दिइएको छ ।

उहाँका अनुसार घरको आर्थिक अभावका कारणले हिड्डुल गर्न नसक्ने तथा प्यारालाइस (मेरुदण्ड पक्षघात) भएका, जन्मपछि बच्चाको पैतला फर्केका व्यक्तिहरु, जन्मजात वा जन्मपश्चात नशाा सम्वन्धि लगायत विरामीहरुलाई थेरापवी गर्ने गरिएको छ । हाल अहिले १०÷१२ जनाले थेरापी गराउँदै आएको उहाँले बताउनुभयो । दैनिक आउनेजाने गर्न टाढा भएकाहरुलाई खानबस्नको समेत व्यवस्था रहेको केन्द्रका अध्यक्ष कंडेलले जानकारी दिनुभयो । आउन जान सक्ने नजिकका नागरिकहरु भने दैनिक आउने जाने गरिरहेको बताउनुभयो । २०७८ चैत्र २३ गतेदेखि सुुरु गरिएको थेरापी सेवा विहान १० वजेदेखि दिउँसो ३ वजेसम्म गरिन्छ । केन्द्रले फिजियो थेरापीका लागि १ जना डक्टर र २ जना अन्य कर्मचारी राखेर सेवा दिदै आएको छ । निशुल्क थेरापी सेवा लिनका लागि वडा कार्यालयको सिफारिस, अपांगता भएको स्पष्ट देखिने फोटो, अपांगता परिचय पत्रको प्रतिलिपि, हस्तलिखित निवेदन, विरामीको सहयोगी १ जना हुनु पर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ ।अपाङग समाज सुधार केन्द र तुलसीपृुर उपमहानगरपालिकाको सयुक्त आयोजनामा अहिले निशुल्क फिजियो थेरापी संचालन भइरहेको संस्थापक अध्यक्ष हुमाकान्त कंडेलले जानकारी दिनुभयो । स्थानिय सरकारको सहयोग भएता पनि थेरापी सेवा संचालन गर्न भने निकै समस्या झेल्नु परिरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘अपांगहरुको जीवनमा केही परिवर्तन ल्याउने उद्देश्यले थेरापी सुरु गरेका हौँ, तर यो संचालन गर्न हामीलाई धेरै समस्या छ । थेरापीका लागि आवश्यक डाक्टर चाहियो, कर्मचारी चाहियो, त्यसको व्यवस्थापन कहाँबाट कसरी गर्ने ? आफूले सजिलै तरिकाले काम गर्न सकिदैन । कर्मचारीकै भरमा काम गर्ने हो । त्यसका लागि कर्मचारी राख्नुपर्छ, तलव दिनुपर्छ । अपांग समाज सुधार केन्द्रमा आम्दानी केही छैन । कर्मचारीलाई दिने तलव केन्द्रका सबै सदस्यहरुले मिलेर उठाएर दिने गरेका छौँ, यसरी कहिलेसम्म चलाउने हो, सरकारले अपांगताहरुलाई किन ध्यान नदिएको होला? डाक्टरको लागि खर्चको व्यवस्थापन स्थानिय सरकारले गरिरहेको भएपनि अन्य खर्च व्यवस्थापन गर्न समस्या छ’, कंडेलले भन्नुभयो ।

‘आवासीय भनेर त संचालन गरिरहेका छौँ तर भान्साको व्यवस्थापन हुन सकेको छैन । भान्सा निर्माण गर्नु पर्ने छ , अहिले टिनको भान्सा बनाएर काम चलाइरहेका छौँ, तुलसीपुर उपमहानगरपालिकाले भान्सा बनाउनका लागि सहयोग गर्ने भनेको छ तर गर्ने होकि नाइ, गरेपछि धेरै राहत हुन्थ्यो’, उहाँले भन्नुभयो । उहाँका अनुसार २ वर्षदेखि संचालनमा रहेपनि प्रयाप्त मात्रामा सामान नभएका कारण थेरापी संचालनमा समस्या थियो । अहिले एक महिना अगाडि भर्खरै सामान प्राप्त भएको छ अव कुनै पनि विरामी फर्कनु पर्ने अवस्था छैन । ८० प्रतिशत थेरापीका लागि चाहिने सामान आइसकेको छ । भवन निर्माण र सामान खरिदका लागि बजेट आए पनि कार्यालय व्यवस्थापन र कर्मचारी व्यवस्थापनका लागि वजेट नआएका कारण कार्यालय व्यवस्थापनमा समस्या रहेको कंडेलले बताउनुभयो ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।