२०८३ कार्तिक ११ गते बुधवार

आफूलाई कमजोर नठान्न अपाङगता भएका नागरिकहरुलाई पाण्डेको आग्रह

तुलसीपुर २६ साउन । अपाङग समाज सुधार केन्द्र दाङको १५ औँ बार्षिक साधारण सभा आज तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि घनश्याम पाण्डेले आफूले आफूलाई कमजोर नठान्न अपाङगता भएका नागरिकहरुलाई आग्रह गर्नु भएको छ । म सपाङग भन्दा कमजोर छु, मैले केही गर्न सक्दैन भन्ने जसको सोचाईमा छ त्यसलाई अन्त्य गर्नु पर्छ, उहाँले भन्नुभयो । म पनि सपाङग जस्तै सक्षम छु, भन्ने भावनाको विकास गर्न जरुरी रहेको पाण्डेले बताउनु भएको हो । आफूले आफूलाई जवसम्म कमजोरको संज्ञा दिन्छौँ तवसम्म हामी कहिल्यै अगाडि बड्न सक्दैनौँ, त्यसैले आफूसँग जे जस्तो क्षमता, दक्षता छ त्यसलाई अगाडी बढाउनु पर्ने बताउनु भयो । अपाङगहरुको पुनः स्थापनाका लागि ग्रीन फाउण्डेशनसँग सहकार्य गरेर अगाडी वढ्न अपाङग समाज सुधार केन्द्रलाई आग्रह पनि गर्नु भयो । ग्रीन फाउण्डेशन नेपालको अध्यक्ष भएकाले यही संस्थाबाट अपाङगहरुलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि उहाँले जनाउनु भयो । कार्यक्रममा राष्ट्रिय अपाङ संघ लुम्बिनी प्रदेशको उपाध्यक्ष देवा डाँगी, राप्ती बहिरा संघका कार्यकारी निर्देशक प्रतिमा शर्मा, मानव अधिकार सरोकार मञ्च घोराहीका सदस्य देवका खनालले अपाङगहरुको राज्यले जीविकोपार्जनका लागि अपाङगहरुको अवस्था हेरेर कार्यक्रमहरु ल्याउन आवश्यक रहेकामा जोड दिनु भएको थियो । उनीहरुको हक अधिकारका लागि राज्यले गर्नु पर्ने जति कामहरु गर्न नसकेका बताउँदै आगामी दिनमा अधिकारमुखी भन्दा पनि कर्तव्यमुखी बन्नु पर्ने बताउनु भएको थियो । तुलसपिुर उपमहानगरपालिका कार्यपालिका सदस्य रेखा शर्मा, १६ का अध्यक्ष शिवानन्द डाँगी, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारी, साझेदारी विकास मञ्चका अध्यक्ष खेमराज विश्वकर्माले अपाङगहरुको सहयोगका निम्ति सधैँ तयार रहेको बताउँदै आफूहरुले सक्दो. सहयोग गर्र्नुे बताउनु भएको थियो । कार्यक्रममा अपाङग पुनः स्थापना केन्द्र बनेपाको सहयोगमा प्राप्त भएको क्यालिफोर अर्थात कृत्रिम हातखुट्टा २१ जनालाई प्रदान गरिएको थियो । केन्द्रका अध्यक्ष इश्वरी प्रसाद खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर तथा ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यता तथा अपाङग समाज सुधार केन्द्र दाङका पूर्व अध्यक्ष हुमकान्त कडेँलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । समाज सुधार केन्द्र दाङका महासचिव खेन्तु गिरीले प्रगति प्रतिवेदन र कार्यक्रमको सहजीकरण गर्नु भएको थियो भने कोषाध्यक्ष राम प्रसाद चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।।  

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।