अविरल वर्षाका कारण जनजीवन प्रभावित इलाकाहरुमा नेपाली सेनाको खोज तथा उध्दार टोलीद्वारा देहाय अनुसार उध्दार कार्य गरिएको छ । (क) बारा जिल्ला, आदर्शकोतवाल गाउँपालिका-१, चिउटाहास्थित गाउँबस्तीमा जमुनि खोला पसि डुवान भएको हुँदा सो इलाकामा बसोवास गर्ने स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । निजगढ नगरपालिका-८, कछहरिया टोलस्थित लाल बकैया खोलामा रहेको ड्याम पानीको बहाव बढी भई कटान गर्न शुरु गरेपश्चात उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी समेतको सहकार्यमा अस्थायी तटबन्ध निर्माण गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।