फोहोर व्यवस्थापनमा सरोकारवालाको जोड,, कम्पोष्ट मल उत्पादनका लागि नयाँ परियोजना

 

तुलसीपुर, १० श्राउन। फोहोर व्यवस्थापनमा स्वयम् व्यक्ति लाग्नु पर्ने तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागी सरोकारवालाले बताएका छन् । आप्mनो घरआँगनको फोहोर आफैले व्यवस्थापन गरेर पुनः प्रयोगमा ल्याउन सके वातावरण प्रदुषणलाई रोक्न सकिने कुरामा उनीहरुले जोड दिएका हुन् । तुलसीपुर वजारको फेहोर उठाउने जिम्मा उपमहानगरपालिकालाई नदिएर आफैले फोहोर संकलन गरेर यसबाट फाइदा लिन सकिने समेत उनीहरुको भनाई थियो । तुलसीपुर उपमहानगरपालिका सुधारोन्मुख फोहोर व्यवस्थापनमा आधारित भएर संचालित हुने जलवायु व्यवसाय सम्बन्धी आरम्भ गोष्ठीमा बोल्ने सरोकारवालाहरुले यस्तो बताएका थिए । फोहोर व्यवस्थापनमा नागरिक सचेत नहुँदासम्म सुन्दर शहर निर्माण हुन नसक्ने र बजारका फोहोर गाउँमा पुग्दा किसानला्ई समस्या भइरहेको समेत बताएका थिए ।
यसैविच तुलसीपुरमा फोहोरबाट कम्पोष्ट मल उत्पादनका लागि नयाँ परियोजना सुरु हुदैछ । यूएसएआइडीको आर्थिक सहयोग, ब्लु वेस्ट टु भ्यालु प्रा लिको व्यवस्थापन र तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा तुलसीपुर उपमहानगरपालिकामा ५ सय घरधुरीलाइ सचेतनाका कार्यक्रम प्रदान गरी फोहोरबाट कम्पोष्ट मल उत्पादन गरिने भएको छ । तुलसीपुर वजारबाट संकलन हुने फोहारलाई व्यवस्थापन गर्ने लक्ष्यले तुलसीपुरमा यो कार्यक्रम ल्याइएको ब्लु वेस्ट टु भ्यालु प्रा लिका प्रमुख रोहित शाक्यले जानकारी दिनुभयो । उहाँले ७ महिनाका लागि तुलसीपुरमा यो कार्यक्रम ल्याइएको र गमला तथा तरकारी खेतीहरुमा हाल्न मिल्ने मल उत्पादन गर्ने बताउनु भयो ।
तुलसीपुर उपमहानगरपालिकाका विपद व्यवस्थापन शाखाका संयोजक दुजमान भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता र उपप्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, विभिन्न संघसंस्थाका पदाधिकारी,विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यूएसएआइडीका प्रतिनिधि श्रमलाल चौधरी, सरसफाइ अभियान्ता निम बहादुर बुढाथोकी,प्रदेश सहकारी संघका सचिव रुप बहादुर खत्री लगायतले बोल्नु भएको थियो । यूएसएआइडीको आर्थिक सहयोग, ब्लु वेस्ट टु भ्यालु प्रा लिको व्यसस्थापन र तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण तुलसीपुर उसमहानगरपालिकाका सुचना अधिकारी बाबुराम न्यौपानेले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया