तुलसीपुर, १० साउन । इन्जिनियर तथा वास्तुशासत्रका जानकार विक्रम बाबु केसीले वास्तुशास्त्र नमिलेको घरमा स्वास्थ्यमा समस्या, आर्थिक अभाव देखि सधै झगडाको सम्भावना उच्च रहने बताउनुभएको छ ।
‘जहाँ घर बनाउँदा वास्तुशास्त्र अनुसार मिलेको छैन त्यो घरमा श्रीमान श्रीमती बीच झगडा देखि सम्बन्ध विच्छेद समे हुनसक्छ । यदि कतै पैसा दिएको छ भने पैसा डुब्ने सम्भवान हुन्छ । स्वास्थ्यमा पनि यसले निकै ठूलो असर गर्छ ।’ इन्जिनियर केसीले भन्नुभयो ।
यसबाट बच्नका लागि वास्तुशासत्र अनुसार दिशा अनुसार घर हाल्नु पर्ने बताउँदै यदि घर निर्माण भइसकेको छ भने वास्तुशास्त्र अनुसार विनातोडफोड त्यसलाई उपचार गर्न सकिने इन्जिनियर केसीले बताउनु भयो ।
‘यदि कतै जग्गा वा घडेरी किन्दै हुनुहुन्छ भने पहिला दिशा हेर्नुप¥यो । जग्गाको आकार कस्तो छ त्यो हेर्नुप¥यो । जग्गाको मोहोडा हेर्नुप¥यो । जग्गा किन्दा सुभ असुभ के हुन्छ त्यसको लागि वास्त्रुशास्त्रको ज्ञान भएको व्यक्तिसंग समन्वय गर्न आवश्यक छ । नत्र त्यसले नोक्सानी पनि पु¥याउन सक्छ । वास्तुशास्त्र संग समन्वय नगर्ने हो भने पनि जग्गा किन्दा पूर्व वा उत्तर तर्फ मोहोडा भएको जग्गा किन्नु पर्छ । घडेरीका लागि हो भने गौमुखी र व्यापारिक प्रयोजनका लागि हो भने शेरमुखी जग्गा किन्दा लाभदायक हुन्छ ।’ इन्जिनियर केसीले भन्नुभयो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।