२०८३ भाद्र २७ गते शनिवार

तुलसीपुर ११ मा सार्वजनिक सुनुवाई

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले आज सार्वजनिक सुनुवाइ गरेको छ । वडा कार्यालय उरहरीमा गत आव २०७९/०८० मा भएका विकास निर्माण तथा सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाइ गरिएको हो । वडाध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले नागरिकका समस्याका सवालमा स्थानीय सरकार गम्भीर रहेको बताएका थिए । जनताको आवस्यकताका आधारमा शिक्षा,श्वास्थ्य, कृषि र पुर्वाधार प्राथमिकतामा राखेको उनले बताएका थिए ।

सो अवसरमा वडाध्यक्ष रावतले वडा कार्यालयबाट भएका विकास निर्माणका कामहरुको जानकारी गराएका थिए । उनले वडा,नगर तथा अन्यबाट बनेका झण्डै ४० योजनाको फोटो मार्फत प्रस्तुत गरेका थिए । वडामा गएको बर्ष वडामा ८ किलोमिटर सडक कालोपत्रे र ६ किलोमिटर मिटर सडक ग्राभेल,कच्ची नाला ५ किलोमिट र पक्की नाला डेढ किलोमिटर भएको वडाध्यक्ष रावतले बताएका थिए ।

उक्त प्रस्तुति पछि सर्वसाधारणले जिज्ञासा राखेका थिए । उठेका जिज्ञासाको वडाध्यक्ष रावलले जवाफ दिएका थिए । वडाबासिले विकासका हिसाबले अत्यन्तै सह्रानिय कार्य भएको हुदा निरन्तरता दिनुपर्ने स्थानीय अर्जुन बहादुर केसीले सुझाव दिएका थिए । साथै बेलटाकुरा खेल मैदानको संरक्षणको आवस्यकता रहेको उनले बताएका थिए । कार्यक्रमका अन्य सहभागीहरुले शिक्षा,स्वास्थ्य र पुर्वाधार विकास लाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिएका थिए ।

कार्यक्रममा पुर्व उपमेयर माया शर्मा, शिक्षा महाशाखाका प्रमुख चक्र बहादुर भण्डारी,नेपाली काङ्ग्रेसका हेम बहादुर वली,एमालेका भागिराम चौधरी,रास्वपाका लोकेन्द्र केसी,राप्रपाका लिलाध्वज बस्नेत, पुर्व गाविस अध्यक्ष टेक बहादुर केसी,उपमहानगरपालिकाका सुचना अधिकारी बाबुराम न्यौपाने,स्थानीय लिलाधर डाङी,होताराम बस्नेत, पुर्ण बहादुर चौधरी, सावित्रा वली लगायतका बोलेका थिए ।भवडा सदस्य यज्ञ बहादुर बस्नेतको स्वागत तथा विषय प्रबेशबाट सुरु भएको कार्यक्रमबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव पदम भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।