२०८३ कार्तिक १० गते सोमवार

गढवामा खोज तथा उद्धार तालिम

सपना पौडेल,गढवा १४ फागुन । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा दाँगको आयोजनामा गढवा गाँउपालिकामा खोज उद्धार तथा प्राथमिक उपचार तालिम सुरु भएको छ । जिल्ला शाखा दाँगको आयोजनामा सञ्चालन भएको तालिम गढवा गाँउपालिकाका बिभिन्न समुदायमा सञ्चालन भइरहेको रेडक्रसका प्रतिनिधि देवी प्याकुरेलले जानकारी दिएका छन । उनका अनुसार गढवा गाँउपालकिाका बिभिन्न समुदायमा एकैसाथ खोज तथा उद्धार तालिम सुरु भएको हो । बिपतको समयमा समुदायलाई कसरी बचाउने तथा घाईतेहरुलाई अस्पताल सम्म प्राथमिक उपचार गर्दै कसरी पुराउने भन्ने बिषयमा तालिम सञ्चालन भैरहेको प्याकुरेलले वताएका छन । तालिमको प्रशिक्षकमा प्रकाश डाँगी, प्रकाश श्रिबन्द,गणेश गौली,केशर कार्की,फनेन्द्रराज अधिकारी लगाएत रहेका छन ।

प्रकाशित मिति : २०७४ फाल्गुन १४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।