२०८३ मङ्सिर १० गते बिहिवार

अस्पताल विकास समितको निर्णयबिना डाइलासिस मेसिन दिएको खुलासा

तुलसीपुर, ६ जेठ । राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट ओम प्रसाद अर्यालले अस्पताल विकास समितिको निर्णय विना डाइलासिस मेसिन नेपालगंज दिएको खुलाशा भएको छ । उनले चिठ्ठीको भरमा ३ वटा डाइलासिस मेसिन नेपालगंज मेडिकल कलेजलाई दिएका हुन् । अस्पताल विकास समितिमा लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदले अध्यक्ष र एक जना महिला सदस्य सहित २ नियुक्त गर्ने कानुनी व्यवस्था छ भने सम्बन्धित पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी र मेसु पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

सोही मुताविक गठन भएको अस्पताल विकास समितिमा अध्यक्ष पदम प्रसाद न्यौपाने, सदस्य भागवती शर्मा, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खडका र प्रमुख जिल्ला अधिकारी पदेन सदस्य र मेसु ओम प्रसाद अर्याल सदस्य सचिव रहने व्यवस्था छ । निमित्त प्रमुख अर्यालले विकास समितिबाट निर्णय नगरायर डाइलासिस मेसिन दिएपछि अहिले उनको तिब्र आलोचना भइरहेको छ । अस्पताल विकास समितिका पदेन सदस्य समेत रहेका तुलसीपुर उपमहानगरपालिका नगर प्रमसख टीकाराम खड्का र तत्कालीन प्रमुख जिल्ला अधिकारी(सिडीयो) हिरालाल रेग्मीलाई समेत यो विषयमा थाह छैन ।

के भन्छन अस्पताल विकास समितिका अध्यक्ष ?
यता राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले पनि विकास समितिको निर्णय विना नै डाइलासिस मेसिन दिएको स्वीकार गर्नु भएको छ । ‘स्वास्थ्य विभागबाट डाइलासिस मेसिन दिने भनेर दबाब आएको छ । स्वास्थ्यमन्त्रीले पनि भन्नु भएको छ । अध्यक्ष ज्यु मेसिन नेपालगंज पठाउनु पर्ने भयो भनेर मलाई निमित्त मेसु ओम अर्यालले फोन गर्नुभयो । त्यतिबेला म जिल्ला बाहिर थिए । सबैले दिनुपर्छ भनेको भए मैले एक्लै रोकेर रोकिने कुरा पनि भएन । दिने भए दिने त हो भनेको हँु । अहिले पछुतो लागेको छ ।’ अध्यक्ष न्यौपानेले भन्नुभयो ।
निमित्त मेसु अर्यालले सबै चाजोपाजो मिलायर २०७९ मंसिर २३ गते नेपालगञ्ज मेडिकल कलेजलाई चिठ्ठीको भरमा दिएका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ ६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।