२०८३ कार्तिक १० गते सोमवार

पाँच स्थानमा शहरी स्वास्थ्य क्लिनिक स्थापना

बुद्धि पुन, सल्यान १८ माघ । ग्रामिण क्षेत्रमा रहेका जनतालाई स्वास्थ्य क्षेत्रको पहुँचमा ल्याउन भन्दै सल्यानको शारदा नगरपालिकाले शहरी स्वास्थ्य क्लिनिक शुरु गरेको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य उपचार सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्दै क्लिनिक शुरु गरेको जनाएको छ । नगरपालिकाले नगरभित्रका पाँच स्थानमा शहरी स्वास्थ्य क्लिनिक स्थापना गरी सञ्चालन गरेको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताउनुभयो । उहाँले शारदा नगरपालिका वडा नम्बर १२ को डाँग्री, वडा नम्बर ६ को मदमकाँडा, वडा नम्बर ९ को सालचौर मार्के, वडा नम्बर ११ को रातामाटा र वडा नम्बर १० को मधानामा शहरी स्वास्थ्य क्लिनिक स्थापना गरिएको जानकारी दिनुभयो । अहिले यी स्वास्थ्य क्लिनिकहरुमा एक जना अहेब र एक जना कार्यालय सहयोगी गरेर दुई जना कर्मचारी रहने नगर प्रमुख अधिकारीले बताउनुभयो । नगरका विभिन्न स्थानमा शहरी स्वास्थ्य क्लिनिक स्थापना भएसँगै सेवा दिन शुरु गरिएको छ ।  

प्रकाशित मिति : २०७४ माघ १८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।