२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा अधिकाँस भवनको छैन् नक्सा पास

फाइल फोटो

 तुलसीपुर,६ फागुन । तुलसीपुर उपमहानगरपालिका भित्र बन्ने भवनहरु पालिकाबाट नक्सा पास गराएर मात्र बनाउनु पर्ने प्रवाधान रहेको भए पनि अधिकांस भवनहरु नक्सा पास विनानै निर्मान भएका छन् ।  कति भवन पालिका भित्र नक्सा पास विनानै बनेका छन् भनी एकिन तथ्याङ्क समेत सङ्कलन गर्न समस्या भईरहेको पालिकाले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको १२ औं नगरसभाले  विधेयक पारित गर्दै अभिलेखिकरण नभएका घरहरुलाई समयमै पालिकामा अभिलेखिकरण गर्न र अब बन्ने घरहरु नक्सा पास गराएर मात्र बनाउन अनुरोध गरेको छ ।

यो पनि हेर्नुहोस  

बाणिज्य संघको आगामी नेतृत्वका लागि मेरो आवश्यक छ : बिनील केसी

उपमहानगरले  चालु आर्थिक वर्षको वैशाख महिनाको मसान्तसम्म अभिलेखिकरणमा आउने घरधनीहरुलाई ५० प्रतिशत र वैशाख पछि आउने घरधनीहरुलाई १०० प्रतिशत जरिवाना लिई अभिलेखिकरण गर्ने बताएको छ । त्यसैगरी अब बन्ने कुनै पनि नयाँ भवन पालिकाबाट नक्सा पास नलिर्ई निर्मान गरे वडाबाट दिईने खानेपानी, विद्युतजस्ता सिफारीसहरु रोक्का गर्ने निर्णय गरेको पालिकाले जनाएको छ ।  

प्रकाशित मिति : २०७९ फाल्गुन ६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।