२०८३ कार्तिक १० गते सोमवार

मोतियाबिन्दुको निशुल्क अप्रेशन शिविर

मनिषा राई ,रोल्पा ४ पौष । तिलगंगा आखा प्रतिष्ठान गौशाला काठमाडौको प्राबिधिक सहयोग, जिल्ला सामुदााियक आखा केन्द्र रोल्पाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको स्थानिय व्यवस्थापनमा रोल्पाको सदरमुकाम लिवाङमा ३ दिने मोतियाबिन्दुको निशुल्क अप्रेशन शिविर सम्पन्न भएको छ । पौष १ गतेदेखि सुरु भएको शिविरमा ६०१ जनाको बाहिरी चेकजाच, ६२ जना कारागार भित्रको चेकजाच गरी ६६३ जनाको चेकजाच गरीएको थियो । जसमध्ये २०५ जना मोतिया विन्दुको सफल अप्रेशन भएको छ भने ३ जनाको माइनर अप्रेशन सफल भएको छ । मोतिया विन्दुको समस्या भएर पनि जिल्ला बाहिर उपचारमा जान नसकेका विपन्न तथा गरिबहरुलाई सेवा दिने उद्देश्यले सञ्चालन गरिएको निःशुल्क आँखा शिविर तिलगङ्गा आँखा प्रतिष्ठान केन्द्रका बरिष्ठ पर्दा रोग विशेषज्ञ डा. ओम गुरुङ र डा.सन्जीता शर्मा नेतृत्वको विशेषज्ञहरुको टोलीले सञ्चालन गरेका थिए । शिविरबाट रोल्पाका बिभिन्न गाउपालिकाका सेवाग्राहीहरुले सेवा लिएका थिए ।  

प्रकाशित मिति : २०७४ पुष ४ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।