फाईल फोटो
काठमाण्डौ, १३ चैत ।निर्वाचन आयोगले आगामी वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । यसअघि आयोगले नामावली सच्याउन एक साताको समय दिएको थियो। अन्तिम नामावली प्रकाशनसँगै मतपत्र छपाइ सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको गरिसकेको छ। आयोगले करिब २ करोड मतपत्र छाप्ने तयारी गरेको प्रवक्ता शर्माले बताउनुभयो ।
प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार






