तुलसीपुर, १२ चैत । कृषिमा आधुनिकीकरण ल्याउनका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ ले कृषकहरुलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । वडा कार्यालयले वडाका किसान तथा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरेको हो ।वडाले करिब १० लाख बराबरको हाते ट्याक्टर वितरण गरेको वडा अध्यक्ष बालकृष्ण राना (ध्रुव) ले जानकारी दिनुभयो । व्यवसायीक रुपमा खेती गरिरहेका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो ।
कृषिमा व्यवसायीकता ल्याउनका लागि वडाका ६ वटा व्यक्तिगत कृषि फर्म र ६ वटा कृषक समुह गरी १२ वटा ट्याक्टर वितरण गरिएको हो ।वडा नम्बर ४ का अधिकांश किसान कृषिमा निर्भर भएपनि आधुनिक कृषि खेतीमा लाग्न नसकेकाले किसानको हौसलाका लागि अनुदानमा जोत्ने ट्याक्टर वितरण गरिएको अध्यक्ष रानाले बताउनुभयो ।
वडा नम्बर ४ मा बेमौसमी तरकारी उत्पादनमा अधिकांश किसान लागेकाले आगामी दिनमा पनि क्रमस : अन्य किसानलाई पनि अनुदानमा अन्य कृषि सामाग्रि वितरण गरिने उहाँले जानकारी दिनुभयो ।किसान प्रविधिमैत्री नहुँदा कृषी उत्पादन भनेजस्तो नभइरहेको अवस्थामा ट्याक्टरले केहि भएपनि किसानलाई सहजता ल्याउने उहाँले बताउनुभयो ।कृषिमा आवश्यक जनशक्तिको अभाव भइरहेको अवस्थामा ट्याक्टरले व्यवसायीक किसानलाई सहज बनाउने उद्देश्येले वडाले पहिलो चरणमा ट्याक्टर वितरण गरेको अध्यक्ष रानाले बताउनुभयो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।