तुलसीपुर, १४ फागुन । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल तुलसीपुर नगर कार्य समितिको दोस्रो नगर अधिवेशन शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । अधिवेशनले शिव प्रसाद तीवारीको अध्यक्षतामा ३१ सदस्य राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल तुलसीपुर नगर कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा प्रतिक्षा भण्डारी, महिला उपाध्यक्ष कमला गिरी, सचिव वसन्त शर्मा, सहसचिव समिक्षा रिजाल, कोषाध्यक्ष सीताराम न्यौपाने र सह कोषाध्यक्षमा रोमहर्स केसी रहनु भएको छ ।
त्यसैगरी अन्य सदस्यहरुमा झक बहादुर विक, नविन विक, शुष्मा वली, केशरी विक, पुनम विक, दिपा विक, पुष्करराज थापा, रीता बुढाथोकी, मोतिलाल विक, रविना सेन्चुरी, ऐश्वर्या शाही, सुन्दर चौधरी, बासुदेव चौधरी, सुकदेव वली, गोविन्द केसी, सावित्रा पोखरेल, पवित्रा चौधरी, दिपा वली, विना खड्का,डिल्ली शर्मा, सरीता चौधरी र सिन्धु कुमारी हमाल रहनुभएको छ ।





