चितवन १७ माघ । चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन्। उनीहरूले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्। चितवन दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो। दूधको मूल्यमा प्रतिलिटर रु १५ देखि २० सम्म बढाउनुपर्ने किसानको माग छ। संघका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताए।
सरकारले एक लिटरमा रु १० मूल्य बढाएर किसानलाई रु ७ र डेरी उद्योगीलाई रु ३ दिने तयारी गरेको बताइएको छ।उनका अनुसार हाल दूधको मूल्य किसानले सरदर लिटरमा ५२।५० पर्ने गरेको छ। पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने उनले बताए। पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर रु ६३ किसानको पर्ने गरेको छ। त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउपर्नै किसानले माग गरेका छन ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।